४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री आज अमेरिका जाँदै, अवसर गुमाउँदै प्रधानमन्त्री News Polar सडक किनारमा नगरपालिकाको बेसार खेती News Polar गोरुगाडामा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु News Polar राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दै News Polar मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न

राजस्व छली : एउटा जघन्य अपराध

राजस्व छली : एउटा जघन्य अपराध
अ+ अ-

काठमाडौं । देशको प्रमुख आयस्रोतको रूपमा रहेको राजस्व छली गर्ने गिरोह सधै सक्रिय भइरहेका छन् । विभिन्न भेषमा राजस्व छली गर्नेहरू सक्रिय भइरहँदा समेत उनीहरू कारबाहीको दायरामा आउन सकेका छैनन् । उल्टो राजस्व र कर छली गर्नेहरूलाई सरकारीस्तरबाटै संरक्षण गर्ने गरिएको छ, जुन राष्ट्रमाथिको गम्भीर अपराध हो ।

मुलुकका विभिन्न भन्सार नाकाबाट दिनहुँजसो करोडौं रुपैयाँको राजस्व छली भइरहेका तथ्य सार्वजनिक भइरहेका छन् । नाकामा रहेका भन्सार कार्यालयका कर्मचारी तथा सुरक्षामा खटिने सुुरक्षाकर्मी र व्यापारीकै मिलिमतोमा राजस्व छली हुनु आफंैमा दुःखद कार्य हो । जो रक्षक छ उही भक्षक हुँदा त्यसको असर मुलुक र मुलुकवासीले भोग्नुपर्छ । देशका मुख्य भन्सार नाकाबाटै ठूलो परिमाणमा राजस्व छली हुने गर्दा सरकारले लक्ष्य गरेअनुसार राजस्व उठ्न सकेको छैन ।

राजस्व र कर छली रोकिन नसक्दा सिंगो देशले विभिन्न ऋण लिनु पर्ने बाध्यता छ । जसका कारण सबै नेपालीको टाउकोमा ऋणको बोझ बढिरहेको छ । अर्थ मन्त्रालयकै विभिन्न अध्ययनलाई आधार मान्दा पनि यदि राजस्व र कर छली रोक्ने हो भने वार्षिक रूपमा १५ खर्ब भन्दा बढि राजस्व उठ्न सक्ने देखिएको छ । राजस्वबाट नै १५ खर्ब रुपैयाँ उठाउन सकियो भने देशले वार्षिक बजेट बनाउँदा आन्तरिक तथा बाह्य कुनै प्रकारका ऋण लिन नपर्ने अवस्था आउन सक्छ । मुलुक सञ्चालन गर्ने सबै खर्च राजस्वबाट नै परिपूर्ति गर्न सकियो भने मुलुकको विकास र समृद्धिले छिट्टै गति लिन सक्ने विश्वास गर्न सकिन्छ ।

मुलुकका ठूला भन्सार कार्यालयको रूपमा रहेका वीरगन्ज, भैरहवा, रसुवा, विराटनगर, पशुपतिनगर, सिराहालगायतका स्थानबाट नै आशा गरेअनुसार राजस्व उठ्न सकिरहेको छैन । सरकारले गत वर्षदेखि नै बजेटमार्फत राजस्व छली रोक्न भन्सारमार्फत सन्दर्भ मूल्य लागू गरे पनि भन्सारका कर्मचारी र सुरक्षा निकायका अधिकारीको असहयोगका कारण सो प्रावधान लागू हुन नसक्दा राजस्व छली हुने क्रम बढिरहेको देखिन्छ । अर्कोतर्फ राजस्व छली नियन्त्रण गर्ने प्रमुख निकायको रूपमा रहेको भन्सार, शसस्त्र प्रहरी र नेपाल प्रहरीबीच प्रभावकारी समन्वयसमेत हुन सकेको छैन । यसैका कारण पनि राजस्व छली गर्नेलाई सहज हुने गरेको छ ।

सरकारी निकायले लक्ष्यअनुसारको राजस्व उठाउनै पर्छ । सोचेअनुसार सामान आएन, त्यसैले राजस्व उठाउन सकिएन भन्ने तर्कलाई जायज मान्न सकिँदैन । किनकी, मानिसका आवश्यकता दिनप्रतिदिन बढिरहेका छन् । जनसंख्या पनि बढिरहेको छ । जसका कारण मानिसलाई आवश्यक पर्ने वस्तुको माग दिनप्रतिदिन बढिरहेको छ । यसरी वस्तुको माग बढ्दा बाहिरबाट आयात हुने वस्तुहरू पनि स्वभाविकै रूपमा बढ्न पुग्छ, तर पनि वस्तु नै कम आयो त्यसैले राजस्व कम उठ्यो भनेर सरकारी अधिकारी बच्न सक्ने अवस्था छैन । यस्ता तर्क दिएर उम्कनुभन्दा पनि राजस्व छली रोक्न सम्बन्धित सरकारी अधिकारीले प्रभावकारी उपाय अवलम्बन गर्नुपर्छ ।

भन्सार विभागमा खटिने कर्मचारी र सुरक्षाकर्मी इमानदार, अनुशासित र कर्तव्यनिष्ट बन्न सके भने राजस्व छलीका घटनामा धेरै हदसम्म कमी आउनेछ । न्यून बीजकीकरण गर्ने परिपाटीलाई पूर्णरूपमा निरुत्साहित पार्नुपर्छ । राजस्व छली गर्ने कार्यलाई राष्ट्रमाथिको अपराधको रूपमा लिएर त्यस्ता राजस्व छली गर्नेको पहिचान आवश्यक कारबाही र सामाजिक बहिष्कार गर्ने परिपाटीको विकास गराउनु अत्यावश्यक छ ।, समाचार राजधानी दैनिकमा प्रकाशित छ ।