४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री आज अमेरिका जाँदै, अवसर गुमाउँदै प्रधानमन्त्री News Polar सडक किनारमा नगरपालिकाको बेसार खेती News Polar गोरुगाडामा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु News Polar राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दै News Polar मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न

सीके राउतलाई संसद्मा ल्याउन यस्तो चलखेल

सीके राउतलाई संसद्मा ल्याउन यस्तो चलखेल
अ+ अ-

काठमाडौं । विखण्डनवादी राजनीति छाडेर मूलधारमा आएका जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतलाई संघीय संसद्मा ल्याउन पहल सुरु भएको छ । सप्तरी क्षेत्र नम्बर–१ बाट निर्वाचित समाजवादी पार्टीका सांसद डा.सूर्यनारायण यादवलाई राजीनामा गर्न लगाएर सीके राउतलाई संघीय संसद्मा ल्याउन पहल सुरु भएको हो ।
स्रोतका अनुसार सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्रीसमेत रहेका संघीय समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको पहलमा सांसद डा. यादवलाई राजीनामा गर्न लगाएर सीके राउतलाई संसद्मा ल्याउन पहल सुरु भएको हो ।

सांसद डा. यादवले सोमबार नै सभामुख कृष्णबहादुर महरालाई राजीनामापत्र बुझाइसकेका छन् । यद्यपि, राजीनामा स्वीकृत हुन बाँकी छ ।

आफ्नो स्वास्थ्यमा समस्या बढेकाले आराम गर्न राजीनामा दिएको सांसद डा. यादवले बताए पनि भित्री योजना सीके राउतलाई सांसद बनाउने योजना रहेको स्रोतको दाबी छ । उनले आफूलाई डाइबिटिज बढेको र पछिल्लो समय स्ट्रेस पनि बढेकाले राजीनामा दिएको बताएका छन् ।

डा. यादव समाजवादी पार्टी सप्तरी क्षेत्र नम्बर–१ बाट २१ हजार ७१२ मतका साथ विजयी भएका थिए । उनी सप्तरीका चर्चित डाक्टरसमेत हुन् । पछिल्लो समयमा यो क्षेत्रमा डा. राउतको बलियो पकड रहेको स्रोतको दाबी छ । निर्वाचन आयोगले १४ मंसिरमा उपनिर्वाचनको घोषणा गरिसकेको छ ।
‘सीके राउत छुट्टै मधेस देशको निर्माण अभियान छाडेर मूलधारको राजनीतिमा आइसकेका छन्, सरकारले उनीसँग यसअघि नै सहमति गरिसकेको छ,’ स्रोतको दाबी छ, ‘केही लिखित सहमति त्यतिबेलै सार्वजनिक भयो, अलिखित रूपमा भएका केही सहमति अहिले पूरा गर्न खोजिदै छ ।’

सीके राउत यसअघि मधेस छुट्टै देश निर्माण गर्ने अभियानमा थिए । तर, सरकारसँग सहमति भएपश्चात् उनी आफ्नो माग छाडेर मूलधारको राजनीतिमा रहेका छन् । भद्र सहमतिअनुसार नै राउतलाई संघीय संसद्मा ल्याउन खोजिएको स्रोतले जनाएको छ ।

पछिल्लो समय समाजवादी पार्टीले राष्ट्रिय जनता पार्टी नेपाल (राजपा नेपाल)सँग पार्टी एकीकरणको चर्चा चलाउँदै आएको छ । साथै, उसले सीके राउत नेतृत्वको जनमत पार्टीसँग समेत एकीकरणका लागि छलफल गरेको छ । यद्यपि, यस विषयमा नेताहरुले केही बोलेका छैनन् ।

समाजवादी पार्टीका उपमहासचिव प्रकाश अधिकारीले भने डा. यादवको राजीनामा राउतलाई ल्याउनका लागि नभएको बताए । भित्री गोप्य सहमतिलाई अस्वीकार गर्दै अधिकारीले यादवको राजीनामा नितान्त व्यक्तिगत भएको दाबी गरे ।

तर, स्रोतका अनुसार प्रधानमन्त्री ओली, उपप्रधानमन्त्री यादव र नेकपाका अध्यक्ष पुष्पकमल दाहालकै सहमतिमा डा. यादवको राजीनामा आएको हो ।, समाचार राजधानी दैनिकमा प्रकाशित छ ।