४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री आज अमेरिका जाँदै, अवसर गुमाउँदै प्रधानमन्त्री News Polar सडक किनारमा नगरपालिकाको बेसार खेती News Polar गोरुगाडामा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु News Polar राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दै News Polar मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न

अख्तियार हिरासत भरिभराउ, २८ दिनमा २८ मुद्दा

अख्तियार हिरासत भरिभराउ, २८ दिनमा २८ मुद्दा
अ+ अ-

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साउनमा मात्रै २५ वटा स्टिङ अपरेसन गरेको छ। त्यसमा ४७ जना घुससहित पक्राउ परेका छन्। उनीहरूलाई थुनामा राखेर अनुसन्धान भइरहेको छ। तर, अख्तियारको थुनुवा कक्षमा नअटेर प्रहरी कार्यालयमा पनि राखिएका छन्। प्रहरी कार्यालय राज्यकै निकाय भएकाले जहाँसुकै राख्न सकिने अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताएका छन्।

उनका अनुसार यो महिना प्रत्येक दिनजसो घुससहित नियन्त्रणमा लिइएको छ। अख्तियारले साउन २८ सम्म २८ वटा मुद्दा विशेष अदालतमा दर्ता गरेको छ। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालीन उपकुलपति प्रा।डा। राजकुमार रौनियारविरुद्ध मुद्दा चलाइएको छ। उनी ८ लाख घुससहित पक्राउ परेका थिए। सल्यानका तत्कालीन स्थानीय विकास अधिकारी पेशलकुमार पोखरेलसहित ११ जना, सिँचाइ विकास डिभिजन कार्यालय गौरका तत्कालीन डिभिजन प्रमुख अजितकुमार श्रीवास्तव, जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उपसचिव अर्जुन सुवेदीसहित ६ जनाविरुद्ध पनि मुद्दा चलाइएको छ।

घुसको दर हजारदेखि बढेर लाखमा पुगेको पाइएको छ। महोत्तरी भंगाहा नगरपालिका–८ का वडाध्यक्ष मोहमद रफिकसहित तीन जना डेढ लाख घुससहित मंगलबार पक्राउ परे। योजनाको रकम भुक्तानी लिन सहज गराई दिएबापत वडा सदस्य कारी साहका छोरा मुकेशमार्फत उनीहरूले घुस लिएका थिए। मुकेशलाई जनकपुरधाम उपमहानगरपालिका–९ पिडारी चोकबाट १ लाख ६० हजारसहित नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ। उनले वडाध्यक्ष र उनका बाबु वडा सदस्य साहको निर्देशनअनुसार रकम लिएको बयान दिएपछि तीनै जनालाई पक्राउ गरिएको प्रवक्ता कोइरालाले बताए।

डोटीको लानाकेदारेश्वर सबडिभिजन वन कार्यालयका प्रमुख सहायक वन अधिकृत (आठौं तह) सुरेशचन्द्र डीसी सोमबार ३ लाख २६ हजार रुपैयाँ घुससहित पक्राउ परे। काठको छोडपुर्जीको सिफारिसलगायत कागजी प्रक्रिया सहज गरिदिएबापत घुस लिएको पाइएको कोइरालाले बताए। उनी डोटी सरुवा भई डिभिजन वन कार्यालय कञ्चनपुरमा हाजिर हुन जाने क्रममा डडेलधुराको भातकाँडा पुगेका थिए।

डिभिजन सडक कार्यालय पोखराका प्रमुख हरिकुमार पोखरेल ९ लाख घुससहित पक्राउ परेका छन्। सडक स्तरोन्नतिका लागि सम्झौता भई काम सुरु गर्न पेस्की निकासाबापत जीएसआर निर्माण सेवाका प्रोप्राइटर र डिभिजन सडक कार्यालयका कर्मचारीबीच घुस लेनदेन भइरहेको अवस्थामा उनीसहित पाँच जनालाई अख्तियारले नियन्त्रणमा लिएको हो। पूर्वाञ्चल विश्वविद्यालयका प्रमुख प्रशासकीय अधिकृत गिरिराज कोइराला साउन २३ मा ६ लाख ७५ हजार घुस लिँदा–लिँदै पक्राउ परे। काठमाडौंस्थित कलेजका विद्यार्थीको समस्या समाधान गरिदिने भन्दै उनले घुस लिएका थिए।

राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्‍चार केन्द्र टेकुका जनस्वास्थ्य अधिकृत ९सातौं तह० रामअवतार गुप्‍ता १ लाख घुससहित अख्तियारको नियन्त्रणमा परे। सेवाग्राहीसँग जनचेतनामूलक सामग्री रेडियोमा प्रचार गर्न कोटेसन दिई कार्य सम्पन्‍न गरी भुक्तानी गरेपश्‍चात् कमिसनबापत घुस लिने क्रममा उनी पक्राउ परेका हुन्। बबरमहलस्थित वन विभाग परिसरबाट नियन्त्रणमा लिई अख्तियारले अनुसन्धान गरिरहेको छ।, समाचार अन्नपुर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।