११ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ट्रकको ठक्करबाट पुल भासियो, राजमार्ग अवरुद्ध



अ+ अ-

नवलपरासी । ट्रकको ठक्करबाट पूर्वी नवलपरासीको अरुणखोलामाथिको पुल भासिएपछि सवारी आवागमन अवरुद्ध भएको छ ।पुल भासिएपछि प्रहरीले ठूला सवारी साधन आवतजावतमा रोक लगाएको हो ।

बुधबार बिहान पूर्वबाट पश्चिमतर्फ गइरहेको ना ६ ख ४७१ नम्बरको ट्रकले पुलको बायाँ साइडमा ठक्कर दिँदा दक्षिणतर्फको भाग डेढ मिटर गहिरो भासिएको प्रहरीले जानकारी दिए ।

आवागमनमा रोकिएपछि सयौं सवारी साधन तथा यात्रु जाममा फसेका छन् । साना सवारी साधन भने चलिरहेका छन् ।

प्रहरीका अनुसार पुलमा रहेको ट्रक हटाएर वैकल्पिक बाटो खुलाउने प्रयास भइरहेको र त्यसका लागि सडक डिभिजन कार्यालय र स्थानीय निकायसँग समन्वय भइरहेको उनले बताए ।