४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री आज अमेरिका जाँदै, अवसर गुमाउँदै प्रधानमन्त्री News Polar सडक किनारमा नगरपालिकाको बेसार खेती News Polar गोरुगाडामा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु News Polar राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दै News Polar मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न

उपकुलपतिका लागि ‘लिगलिगे दौड’ शुरू

उपकुलपतिका लागि ‘लिगलिगे दौड’ शुरू
अ+ अ-

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपति सिफारिस गर्न गठित सर्च कमिटीको पहिलो बैठक कमिटी बनेको १० दिन भइसक्दासम्म बस्न सकेको छैन।

बैठक बस्न नसकेपछि उपकुलपति छनौट गर्न कमिटीलाई हम्मे हम्मे पर्ने भएको छ। सरकारले सहकुलपति एवं शिक्षामन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा समिति गठन गरेको थियो।

त्रिभुवन विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अघिल्लो शुक्रबार शिक्षामन्त्री पोखरेलको अध्यक्षतामा तीन सदस्यीय सर्च कमिटी गठन गर्नुभएको होे।

कमिटीमा व्यवस्थापन संकायका डिन प्राडा डिल्लीराज शर्मा र आंगिक क्याम्पसका तर्फबाट त्रिवि सभाका सदस्य एवं मेची क्याम्पस झापाका प्रमुख कमलप्रसाद गुरागाईं सदस्य रहेका छन्।

प्रम ओलीले आफूनिकट रहेका व्यक्तिलाई उपकुलपति बनाउने चाहना राख्नुभएपछि सर्च कमिटी अलमलमा परेको कारण बैठक बस्न नसकेको बताइएको छ।

स्रोतका अनुसार कुलपतिको सल्लाहबमोजिम सिफारिस गरेको नामको आधारमा उपकुलपति बनाउने प्रायः निश्चित भएपछि हालसम्म बैठक बस्न नसकेको हो। आगामी भदौ ५ गतेदेखि त्रिविसहित सात विश्वविद्यालयका उपकुलपतिको पद रिक्त हुँदैछ।

सातै विश्वविद्यालयमा उपकुलपति छनौट गर्न सर्च कमिटी गठन गर्नुपर्ने अवस्थामा अहिले त्रिविका लागि मात्रै कमिटी गठन भएकोे हो।
अबको नौ दिनपछि त्रिभुवन, नेपाल संस्कृत, कृषि तथा वन, पोखरा, पूर्वाञ्चल, मध्यपश्चिमाञ्चल र सुदुर पश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति रिक्त हँुदैछन्।

नेकपाका अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ९प्रचण्ड० को सहमतिमा सातवटै विश्वविद्यालयका उपकुलपति छनौट हुने भएको छ।

अहिले नेकपाको दुई तिहाइ बहुमतको सरकार भएकाले सबै विश्वविद्यालयमा नेकपानिकट प्राध्यापकलाई उपकुलपति बनाउने तयारी भैरहेको छ।

तर केही नेताले नेपाली कांग्रेसलाई पनि कुनै पद दिनुपर्ने आवाज उठाएका छन्। तत्कालिन नेकपा माओवादीनिकट नेपाल राष्ट्रिय प्राध्यापक संगठनले त्रिवि सेवा आयोगमा तत्कालिन एमालेले भागबण्डा गरेको कारण उपकुलपतिमा आफूनिकट प्राध्यापकलाई नियुक्ति गर्न दबाव दिएका छन्।

विदेशबाट फर्केलगत्तै नेकपाका अध्यक्ष प्रचण्डलाई भेट्न गएका संगठनका पदाधिकारीले त्रिविमा आफूनिकटका प्राध्यापकलाई उपकुलपति बनाउन लबिङ गरेका थिए।

संगठनले राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्राडा चन्द्रमणी पौडेल, विश्वविद्यालय अनुदान आयोगका सदस्य सचिव प्राडा देवराज अधिकारी, पोखरा विश्वविद्यालयका पूर्व उपकुलपति केशरजंग बराल, त्रिविका रेक्टर प्राडा सुधा त्रिपाठी, प्राडा रमेश भट्टराईमध्येबाट उपकुलपति बनाउन नाम दिएका छन्।

संगठनका एक अधिकारीका अनुसार सकभर त्रिविमा आफू निकटका प्राध्यापकलाई नियुक्ति गर्नुपर्ने नभए नामावली दिएकामध्ये अधिकांश पदाधिकारीलाई अन्य विश्वविद्यालयको उपकुलपति बनाउनुपर्ने उल्लेख गर्दै अध्यक्ष प्रचण्डलाई नामावली दिइएको हो।

एमालेमा प्राडा राजेन्द्रध्वज जोशी, प्रा.डा. गणेशमान गुरुङ, दिल्ली उप्रेती, प्रा.डा. उपेन्द्रप्रसाद कोइराला, डा.अरूण साय्मी , खड्ग केसी लगायतलाई उपकुलपति बनाउन लबिङ भइरहेको छ।

यसअघि पाँच पटकसम्म सरकारी नियुक्ति पाएका र अहिले मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति रहेकाले कोइरालालाई उपकुलपति बनाउन नहुने प्राध्यापकहरूकै लबिङ छ। तर कोइरालाले त्रिविमा नपाए पूर्वाञ्चलको उपकुलपति पाउने स्रोतको दावी छ। कोइरालाले महेन्द्र मोरङ क्याम्पस विराटनगरका क्याम्पस प्रमुख, नेपाल आयल निगम महाप्रबन्धक, तत्कालीन उच्च माध्यमिक शिक्षा परिषद्का उपाध्यक्ष, नेपाल खाद्य संस्थानका महाप्रबन्धक र हाल मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपतिसमेत गरी पाँच क्षेत्रमा सरकारी नियुक्ति खाइसक्नुभएको छ।

पूर्वएमाले निकट प्रगतिशील प्राध्यापक संगठन र पूर्वमाओवादी निकट नेपाल राष्ट्रिय प्राध्यापक संगठनले आफूनिकट प्राध्यापकको नाम संकलन गर्न थालेका छन्। दुवै संगठनले छनोट गरेको नाम गोप्य राखिएको छ। तर उच्च स्तरीय राष्ट्रिय शिक्षा आयोगले दिएको प्रतिवेदन लुकाउँदै विश्वविद्यालयका कुलपतिले परम्परागत रूपमा उपकुलपति छान्न लागेको स्रोत जिकीर गर्छ।

त्रिभुवन विश्वविद्यालय ऐनको दफा १६ मा विश्वविद्यालयका सहकुलपति एवं शिक्षामन्त्रीको अध्यक्षतामा सिनेटका २ सदस्यसहित ३ जनाको सर्च कमिटी गठन गर्ने उल्लेख छ। विधीअनुसार सर्च कमिटी गठन गरे पनि प्रमले दिएकै नामावलीको आधारमा उपकुलपति नियुक्ति गर्ने तयारी भइरहेको छ।, समाचार नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।