११ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ट्राफिक प्रहरीको गाडीले ठक्कर दिँदा एक व्यक्ति गम्भिर घाइते



अ+ अ-

काठमाडौँ । मंगलबार राति महानगरीय ट्राफिक प्रहरी महशाखाको भ्यानको ठक्करबाट एक जना गम्भिर घाईते भएका छन् । नाम नखुलेका ती व्यक्तिको अहिले ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

बालकुमारीबाट कोटेश्वरतर्फ आइरहेको महानगरीय ट्राफिक प्रहरी महशाखाको बा१झ ७८६६ नम्बरको सीआरबी भ्यानले एक अपरिचित व्यक्तिलाई कोटेश्वरमा रहेको आकाशे पुलमुनी ठक्कर दिएको हो ।

घटनाको समयमा गाडी चलाइरहेका प्रहरी जवान विनोदकुमार गिरीलाई हाल बानेश्वर वृत्तमा नियन्त्रणमा राखिएको छ । प्रहरीका अनुसार राति अचानक पुलमुनीबाट बाटो काट्दा दुर्घटना भएको देखिएको छ ।