२१ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी भोटेकोशी बाढीः रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजधानीमा प्रहरीलाई मिल्यो यस्तो सफलता



अ+ अ-

काठमाडौं । सूर्यविनायक नगरपालिका–८ सिपाडोलको ठूलोगाउँमा रहेका करीब आठ हजार गाँजाको बोट प्रहरीले फडानी गरेको छ । महानगरिय प्रहरी वृत्त जगातीका प्रहरी नायब उपरीक्षक चक्रराज जोशीको नेतृत्वमा गएको प्रहरी टोलीले लागुऔषधको रुपमा प्रयोग हुने गरेको गाँजाको आठ हजारभन्दा बढी बोट फडानी गरी नष्ट गरेको जोशीले बताउनुभयो ।

स्थानीय बासिन्दाको घर करेसा, तरकारी, मकैबारीदेखि खुला ठाउँ, चौर र पाखामा लहलह गर्दै झुलेका हजारौँ बोट गाँजा फडानी गरी नष्ट गरेको हो । गाँजाले समाजमा विकृति फैलाउने र कुलत बढ्ने भएकाले गाँजालाई नष्ट गरिएको उहाँले बताउनुभयो ।

गत आइतबार पनि प्रहरीले सूर्यविनायक नगरपालिका–७ गुन्डु नयाँबस्तीमा रहेको चार हजार २०० गाँजाका बोट नष्ट गरेको थियो ।