४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री आज अमेरिका जाँदै, अवसर गुमाउँदै प्रधानमन्त्री News Polar सडक किनारमा नगरपालिकाको बेसार खेती News Polar गोरुगाडामा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु News Polar राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दै News Polar मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न

बेलायत र अमेरिकाका गलत निर्वाचन

बेलायत र अमेरिकाका गलत निर्वाचन
अ+ अ-

-जेफ्री स्याक्स

विश्वले बेलायत र अमेरिकाका राजनीतिक प्रणालीलाई सम्मानित र प्रभावशाली लोकतान्त्रिक व्यवस्था मान्दै आएको थियो । तर, अहिले ती देशको नेतृत्वमा बोरिस जोनसन र डोनाल्ड ट्रम्पजस्ता लोकतन्त्रका मूल्यप्रति मतलव नगर्ने नेता पुगेका छन् । यो अवस्था कसरी आयो ?  ट्रम्प स्वयंले जोनसनलाई ‘बेलायतको ट्रम्प’ उपमा दिएका छन् । तर, तिनको उदय, समान व्यक्तित्व वा शैलीको मात्र कुरा होइन, त्यस्ता व्यक्तिलाई सत्तामा पु-याउने राजनीतिक संस्थामा रहेका कमजोरी पनि महत्वपूर्ण  पक्ष हुन् । 

आइरिस मनोचिकित्सक आयन हग्सको भाषामा भन्ने हो भने ट्रम्प र जोन्सन दुवैमा ‘विकारयुक्त मानसिकता’ देखिन्छ । ट्रम्प सधैँका ढँटुवा, नश्लवादका सम्वाहक र ठूलो परिमाणमा कर छली गर्ने व्यक्ति हुन् । त्यसबाहेक ट्रम्पलाई २० भन्दा धेरै महिलाले यौनशोषणको आरोप लगाएका छन् । लिक भएको एउटा अडियो टेपमा महिलामाथि बलजफ्ती गर्ने आफ्नो स्वभावप्रति ट्रम्प गर्व भावसाथ कुरा गरिरहेको सुनिन्छ ।

सन् ०१६ को राष्ट्रपति निर्वाचनमा रुसी हस्तक्षेपको अनुसन्धानमा ट्रम्पले बारम्बार अवरोध पु-याएको कुरा रोबर्ट मुलरले बताइसकेका छन् । जोनसनको व्यक्तिगत स्वभाव पनि उस्तै अस्थिर खालको छ । उनी धेरैमाझ ढँटुवा र अव्यवस्थित जीवनशैलीका लागि परिचित छन् । जोनसन प्रधानमन्त्री हुनु केही समयअघि उनको प्रेमिकासँग झगडा भएको खबर मिडियामा आएको थियो । जोनसनले सन् २०१६मा बेलायतलाई युरोपबाट निकाल्नुपर्ने अभियानको नेतृत्व गरेका थिए । त्यस समय उनले बेलायत युरोपबाट छुट्टिँदा जे–जे फाइदा हुन्छ भन्ने दाबी गरेका थिए, अहिले ती गलत प्रमाणित भएका छन् । 

दुवै नेता त्यहाँका पाका मतदातामाझ तुलनात्मक रूपमा लोकप्रिय रहे पनि तिनको समग्र लोकप्रियतामा कमी आएको सर्वेक्षणले देखाएका छन् । यी दुई सम्मानित लोकतन्त्रको सत्तामा कसरी ‘विकारयुक्त मानसिकता’ भएका नेता पुगे भन्नेमा एउटा स्पष्ट जवाफ छ– ट्रम्प र जोनसन दुवैले पाको जनसंख्याको त्यो हिस्साबाट ठूलो समर्थन जुटाउन सके जसले दशकाैँदेखि आफूलाई बेवास्तामा परेको ठानिरहेका थिए ।

त्यो समूहमा मुख्यतः व्यापार तथा प्रविधिका कारण र अन्य आधार, जस्तैः अश्वेत, महिला र यौनिक अल्पसंख्यक भएकै कारण सीमान्तीकरणमा परेको मानसिकता विकास भयो ।  जोनसनले चाहिँ अद्योगिक क्षेत्र कमजोर हुँदै जाँदा रोजगारी गुमाएका पाका मतदाता र बेलायती स्वाभिमानको गौरवशाली दिन पुनः फर्कियोस् भनी कामना गर्ने मतदातालाई आकर्षित गरे । यद्यपि, यो पूर्ण व्याख्या होइन ।

ट्रम्प र जोनसनको उदयले गहिरो राजनीति असफलतालाई प्रतिविम्बित गर्छ । तिनका प्रतिद्वन्द्वी पार्टी डेमोक्र्याट र लेबरले विश्व्यापीकरणबाट विस्थापित कामदारका आवश्यकता सम्बोधन गर्न असफल भएपछि तिनले विकल्प खोजे ।

सत्तामा पुगेपछि ट्रम्प धनाढ्यले तिर्नुपर्ने कर कटौती गर्ने र जोनसन सहमति नगरी ‘ब्रेक्जिट’को टुंगोे लगाउने नीति पछ्याउँदै छन् । यी नीतिले जुन वर्गको मत पाएर ती सत्तामा पुगेका हुन्, त्यही वर्गलाई हानि गर्छ । 

दुई देशको राजनीतिक प्रतिनिधित्वको संयन्त्रमा रहेको साझा खोट तिनले अवलम्बन गरेको पहिलो हुनेले जित्ने निर्वाचन प्रणालीमा छ । एकजना सदस्य चुन्ने निर्वाचन क्षेत्रमा सामान्य बहुमतले जनप्रतिनिधि चुनिने प्रक्रियाले गर्दा ती देशमा दुई राजनीतिक दल हावी हुने अवस्थालाई बढावा दिएको छ । जबकि पश्चिम युरोपका अधिकांश देशमा समानुपातिक प्रतिनिधित्व प्रणाली लागू छ, जसले धेरै पार्टीको संसद्मा प्रतिनिधित्व गराउँछ ।

दुई पार्टी प्रणालीमा जुन पार्टीले जित्छ, सबै कुरा उसैको लागू हुन्छ । यसले अन्य धेरै पक्षका आवाजको प्रतिनिधित्व हुन पाउँदैन । पश्चिम युरोपेली राष्ट्रमा सरकार बनाउनका लागि गठबन्धन बनाउनुपर्छ, जसले गर्दा त्यहाँ गठबन्धनमा सहभागी तीन–चार दलका कार्यान्वयन गर्न सकिने साझा मुद्दामा छलफल गरेर टुंगोे लगाइन्छ । उदाहरणका लागि अमेरिकाको राजनीतिक परिदृष्यलाई नै लिऊँ ।

२९ प्रतिशत अमेरिकी नागरिक आफूलाई ट्रम्पको रिपब्लिकन पार्टीसम्बद्ध मान्छन् । त्यस्तै, २७ प्रतिशतले आफूलाई डेमोक्र््याट्स मान्छन्, तर ती दुई पार्टीलाई समर्थन गर्नेभन्दा धेरै अर्थात् ३८ प्रतिशत अमेरिकीले चाहिँ आफूलाई स्वतन्त्र दाबी गर्छन् । यी अमेरिकाका दुवै ठूला पार्टीसँग असहमत छन् । यो वर्गको कुनै प्रतिनिधित्व नै हुँदैन । जित्नेको सबै हुने राजनीतिक प्रणालीकै कारण दुईजना खतरनाक व्यक्तित्व दुई महत्वपूर्ण  लोकतान्त्रिक देशको नेतृत्वमा पुगेका छन् । 

जनचाहनालाई पूर्ण रूपमा नीतिमा बदल्न सक्ने राजनीतिक प्रणाली कतै पनि छैन । त्यहीँमाथि, राजनीतिक अभिमत प्रायः अस्पष्ट, गलत सूचनाले निर्देशित गर्ने खतरनाक चाहनाबाट बहकिने गर्छ । राजनीतिक संस्थाको संरचनामा निरन्तरको विकासको चुनौती हुन्छ । यद्यपि, आजको दिनमा समय गुज्रेको राजनीतिक प्रणाली अवलम्बन गरेका कारण विश्वका सबैभन्दा पुराना र सम्मानित दुई लोकतान्त्रिक मुलुक खराब र खतरनाक रूपमा अघि बढिरहेका छन् । 

(कोलम्बिया विश्वविद्यालयका प्राध्यापक जेफ्री स्याक्स संयुक्त राष्ट्र संघको ‘दिगो विकास समाधान सञ्जालका’का निर्देशक हुन् )   

Project Syndicate 2019

नयाँ पत्रिका दैनिकबाट साभार