११ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्कुल विभागको विवाद मिलाउन अध्यक्षद्वय ओली र दाहाल छलफलमा, सहमति जुटाउन बालुवाटारमा बैठक



अ+ अ-

काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ छलफलमा जुटेका छन् । स्कुल विभागमा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ र ईश्वर पोखरेलको दाबी कायम रहेपछि अध्यक्षद्वय सहमति जुटाउन छलफलमा जुटेका हुन् ।

स्रोतका अनुसार प्रधानमन्त्री ओली स्कुल विभाग नेता पोखरेललाई दिने अडानमा छन् भने अध्यक्ष प्रचण्ड श्रेष्ठको हकमा सहमति जुट्न नसके अध्यक्षकै मातहत राख्न चाहन्छन् । स्कुल विभागमा स्थायी कमिटीका अन्य नेताहरुले पनि दावी गरेका छन् ।

अध्यक्षद्वबीचमा स्कुल विभागमा सहमति जुटेमात्रै आज बस्ने सचिवालय बैठकले कार्यविभाजनका सवै काम टुंग्याउने छ । स्कूल विभाग बाहेक अन्य विभागमा भने मोटामोटी सहमति भैसकेको छ ।