![](https://newspolar.com/wp-content/uploads/2022/03/94925366_1310845455776772_2074806809872302080_n.jpg)
![](https://newspolar.com/wp-content/uploads/2019/08/challa-kukhura_20190629065012-1000x500.jpg)
वीरगन्ज । प्रहरीलाई घुस दिन आएका कुखुरा चल्ला व्यापारीलाई इलाका प्रहरी कार्यालय जीतपुरले नियन्त्रणमा लिएको छ ।
मंगलबार राति करिब ८ बजेको समयमा प्रहरी कार्यालय पुगेका वीरगन्ज महानगरपालिका–२२ मनियारी निवासी उपेन्द्र यादवले प्रहरीलाई चल्लाको कारोबारमा अवरोध नपुर्याइदिन भन्दै १० हजार रुपैयाँ दिएका थिए ।
कार्यालय प्रमुख प्रहरी नायव निरीक्षक सागर सम्शेर राणाले यादवलाई नगद रुपैयाँ सहित नियन्त्रणमा लिएको जनाए । यादवलाई हिरासतमा राखी थप अनुसन्धान थालिएको छ ।