११ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारत सरकारले १० दिनपछि जम्मुमा लगाएको प्रतिबन्ध खुलायो



अ+ अ-

काठमाडौं । भारत सरकारले १० दिनपछि जम्मुमा लगाएको प्रतिबन्ध खोलेको छ।अवस्था सामान्य भएकाले बुधबारदेखि बजार, यातायात, शिक्षण संस्था र अन्य व्यवसाय पनि खुलेको छ ।

जम्मु कस्मिरका प्रमुख सचिव कन्साल र प्रहरी अतरिक्त महानिरीक्षक मुनिर खानले बुधबार पत्रकार सम्मेलन गर्दै सुरक्षा स्थिति पूर्ण रूपमा नियन्त्रणमा आएकाले ४ अगस्टदेखि लगाएका प्रतिबन्ध हटाइएको बताएका छन्।कस्मिरका केही स्थानमा भने प्रतिबन्ध कायम रहेको उनले बताए।

नरेन्द्र मोदी सरकारले अगस्ट ४ गते रातिदेखि जम्मु कस्मिरमा टेलिफोन, इन्टरनेटमा प्रतिबन्ध लगाएको थियो। जम्मु कस्मिरका पूर्वमुख्यमन्त्रीहरूसहित अरू केही नेतालाई नजरबन्दमा लिएको थियो।

अगस्ट ५ देखि जम्मु कस्मिर कर्फ्यूजस्तै अवस्था थियो। सोही दिन गृहमन्त्री अमित शाहले भारतीय संविधानको धारा ३७० खारेज गर्ने प्रस्ताव राज्य सभामा पेस गरेका थिए। धारा ३७० ले जम्मु कस्मिरलाई विशेष मान्यता दिन्थ्यो।

उक्त धाराको खारेजीसँगै शाहले जम्मु कस्मिरको पुनर्संरचना प्रस्ताव पनि संसदमा पेश गरेका थिए। जसअनुसार जम्मु कस्मिरको प्रदेशको मान्यता हटाएर केन्द्रशासित क्षेत्र बनाइएको छ। पहिला जम्मु कस्सिरमै रहेको लद्धाखलाई छुट्टै केन्द्रशासित क्षेत्र बनाइएको छ।