५ असार २०८३, शुक्रबार
,
Latest
सरकारका नीति र निर्णय जनहितविपरीत छन्, सदन र सडकबाट आवाज उठाउँछौँः संयोजक दाहाल चलचित्र समाजको सामूहिक स्मृति र राष्ट्रको आत्मा अभिव्यक्त गर्ने माध्यम हो : सञ्चारमन्त्री डा. तिमिल्सिना सिन्धुली प्रहरी हिरासतमा निधन भएका विश्वकर्मालाई प्रहरीले कुटपिट गरेको छैन: गृहमन्त्री गुरुङ झलानाथ खनाललक्षित प्रचण्डको टिप्पणीः प्रतिक्रियावादीलाई फाइदा पुग्ने गरी निराशाको खेती गर्दैछन् संस्कृति र प्रकृतिको प्रवर्द्धनमा कलाकार लाग्नुपर्छ : मन्त्री पौडेल बजेट विनियोजन गर्दा प्रदेश र स्थानीय तहलाई ध्यान दिन सांसदको माग संघीयता कार्यान्वयनमा केन्द्रिकृत मानसिकता वाधकः नेता दंगाल सङ्घीयताको मर्मविपरित बजेट विनियोजन भयोः सांसद साह सरकारको कार्यशैली दम्भपूर्ण भएको सांसद भट्टको आरोप अदालतको फैसलालाई सरकारको ‘हार–जित’ का रूपमा बुझ्नु संकुचित मानसिकताः मुख्य रजिस्ट्रार पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपामा स्कुल बाहेक अरु विभागमा पनि विवाद सुरु, एक्का र छक्कामा फरक छुट्टाउन सकेनन्



अ+ अ-

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा अरु विभागबारे पनि विवाद सुरु भएको छ ।

स्रोतका अनुसार आफ्नो भागमा परेका विभागीय प्रमुखहरु टुंगो लगाउन पूर्वएमालेबाट सचिवालयमा रहेका ६ नेताको बैठक मंगलबार बालुवाटारमा बसेको थियो ।

नेकपामा स्कुल विभागलाई लिएर यसअघिदेखि नै विवाद छ । सुरुमा पूर्व माओवादीले नारायणकाजी श्रेष्ठ र पूर्वएमालेबाट ईश्वर पोखरेलको दाबी थियो । तर दुई नेताको नाममा विवाद भएपछि यो विभागमा ८ जनाको दाबी परेको छ ।

यता युवा, महिला र मजदुर विभागलाई लिएर पनि विवाद भएको छ । नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले मजदुरमा विष्णु रिमाल, युवामा महेश बस्नेत र महिला विभाग प्रमुखमा गोमा देवकोटाको नाम अगाडि सारेका छन् ।

दुई पार्टीको भागवण्डामा मजदुर विभाग पूर्वमाओवादीको भागमा परेको थियो तर प्रधानमन्त्री ओलीले एमालेमा ल्याएर आफ्ना सल्लाहकारसमेत रहेका रिमाललाई बनाउन चाहेका छन् । माधवकुमार नेपाल पक्षले भने असहमति जनाएका छन् ।

विवाद बढेपछि प्रधानमन्त्री ओलीले पूर्वएमाले नेताहरुको बैठक नै नराख्ने बताए ।यदि पूर्वएमालेभित्र विभागीय प्रमुखहरु टुंगो लागेको भए बुधबार सचिवालय बैठक बस्ने तयारी थियो । तर बुधबार विहान अर्का अध्यक्ष प्रचण्डसँग भएको भेटमा ओलीले गृहकार्य नपुगेको भन्दै बैठक सार्न आग्रह गरेका छन् ।

सचिवालय बैठक भोलि मात्र बस्नेछ ।




भर्खरै