११ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुपर कप: उपाधिका लागि लिभरपुल र चेल्सी आमने–सामने हुँदै



अ+ अ-

काठमाडौं । सुपर कपको उपाधिका लागि बुधबार राति लिभरपुल र चेल्सी आमने–सामने हुँदैछन् । छैटौंपल्ट युरोपेली च्याम्पियन भएपछि उसले टर्कीको सहरमा चेल्सीको सामना गर्न लागेको हो ।

जसका लागि लिभरपुलका स्ट्राकइर साडियो माने पूर्ण रुपमा फिट भएको जनाएको छ । लिभरपुलका स्ट्राइकर मानेले आफू मानसिक रुपमा थकित भएपनि शारिरीक रुपमा पूर्ण फिट रहेको बताएका छन् ।

यी दुई क्लबले आपसमा गरी चारपल्ट प्रतिस्पर्धा जितिसकेका छन् । तर पछिल्ला १० मध्ये नौपल्ट सुपर कप स्पेनी क्लबले जितेको छ ।

प्रिमियर लिगको पहिलो चरणमा म्यानचेस्टर युनाइटेडविरुद्ध ४–० ले हारेको चेल्सीविरिुद्ध यस खेलमा लिभरपुललाई बलियो मानिएको छ ।