काठमाडौं । नेपालले मलेसियन सुपर लिग च्याम्पियन क्लब जोहर दारुल ताजिमसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाली राष्ट्रिय टीमले विश्वकप छनोट २०२२ को दोस्रो चरणको खेलको तयारीको रुपमा मैत्रीपूर्ण खेल खेल्न लागेको जानकारी दिएको हो ।
विश्वकप छनोटको दोस्रो चरणमा नेपाल समूह ‘बी’ मा रहेको छ । यो समूहमा नेपालसँगै अष्ट्रेलिया, जोर्डन, चाइनिज ताइपेई र कुवेत रहेको छ । नेपाल र कुवेतविरुद्धको खेल यही सेप्टेम्बर पाँच तारिखमा उसैको भूमिमा हुदैछ ।