१३ भाद्र २०८३, शनिबार
,
Latest
नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार बाढी प्रभावित क्षेत्रमा खोजी र शव व्यवस्थापन चुनौतीपूर्णः ‘रेफ्रिजरेटर कन्टेनर’ र विशेष उपकरण अभावः नेपाल… बाढी–पहिरोपछि शव व्यवस्थापन र महामारी नियन्त्रणमा सरकार केन्द्रित, नयाँ निर्देशिका स्वीकृत रसुवा घटना ‘विनाशको लीला’ हो, दुःखद् छः माधव नेपाल कम्युनिस्ट पार्टीले सत्ताभन्दा जनजीविका र वैचारिक संघर्षलाई प्राथमिकता दिनुपर्छः नेता यादव परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ बीच टेलिफोन वार्ता भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतमा जुट्न एएनओको अपिल बैधानिक कार्यसमितिले गराउने अधिवेशन तथा महाधिवेशनको तयारीमा जुट्न शशांकको अपील
तपाईं के खोज्दै हुनुहुन्छ ?

दक्षिण भारतमा बाढी, २०९ जनाको मृत्यु



अ+ अ-

नयाँ दिल्ली । भारतको दक्षिणी राज्य केरलाको कैयौ भागमा बुधबार बाढी आउन सक्ने चेतावनीको कारण सतर्कता अपनाइएको छ ।

यसअघि नै मौसमी वर्षापछि आएको बाढीको कारण देशभरी २ सय ९ व्यक्तिको मृत्यु भईसकेको छ । आगामी २४ देखि ४८ घण्टाभित्र भारी वर्षा हुने केरलाको स्थानीय अधिकारीहरुले चेतावनी दिएका छन् ।

भारी वर्षाको कारण भारतको केरला, कर्नाटक, महाराष्ट्र र गुजरातमा १२ लाख व्यक्तिलाई उनहरुको घरबाट निकालेर सुरक्षित स्थानमा लगिएको थियो । ती व्यक्तिहरुमा प्रायलाई सरकारद्धारा सुञ्चालित शरणार्थी शिवीरहरुमा लगिएको जनाइएको छ ।
केरलामा गत वर्ष पनि भीषण बाढीले सताएको थियो । सन् २०१८ मा भारतमा बाढीको कारण करिब ४ सय ५० व्यक्तिको मृत्यु भएको थियो ।

हाल केरलामा यस भीषण बाढीको कारण ९५ व्यक्तिको मृत्यु हुनको साथै अन्य ५९ व्यक्ति बेपत्ता भएका केरला प्रहरीले बुधबार एएफपी समाचार समितिलाई जानकारी दिएका छन् ।

यसैगरी केरलाको छिमेकमा पर्ने कर्नाटक राज्यमा यस भीषण बाढीको कारण ४८ व्यक्तिको मृत्यु भएको छ । सो राज्यमा करिब ६ लाख ७७ हजार व्यक्तिलाई उद्धार गरिएको अधिकारीह्रुले जानकारी दिएका छन् । पश्चिमी राज्य गुजरात र महाराष्ट्रमा यस बाढीको कारण ६६ व्यक्तिको मृ्त्यु हुनको साथै लाखौ व्यक्तिलाई उद्धार गरिएको स्थानीय सञ्चार माध्यमले जानकारी दिएको छ ।




भर्खरै