११ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनटेस्ट लेखिएको मोटरसाइकलको ठक्‍करबाट एक वृद्धाको मृत्यु



अ+ अ-

राजविराज । अनटेस्ट लेखिएको मोटरसाइकलको ठक्‍करले सप्तरीको बोदे बर्साइनमा एक वृद्धाको मृत्यु भएको छ। मोटरसाइकलको ठक्‍करबाट पैदलयात्री ७० वर्षीया फगुनी दासको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

मानराजास्थित बिसनपुर–बोदे बर्साइन भित्री सडकखण्डमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको मोटरसाइकलले महिलालाई ठक्‍कर दिएको थियो। घाइतेलाई उपचारका लागि लहान लैजाँदै गर्दा बाटोमै मृत्यु भएको डिएसपी भावेश रिमालले बताए।

ठक्‍कर दिई फरार रहेका चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ।