५ असार २०८३, शुक्रबार
,
Latest
महोत्तरीका अव्यवस्थित बसोबासी र सुकुमवासीलाइ सेतो पूर्जा दिने झापामा ट्याक्टरसँग मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु जग्गासम्बन्धी समस्या समाधानका लागि काम भइरहेको छ: मन्त्री रावल राष्ट्रिय सभाबाट सम्पती शुद्धिकरण निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ स्वीकृत तनहुँका दशवटै पालिकामा पूर्णखोप सुनिश्चिताको घोषणा रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक छः सांसद न्यौपाने मानव–वन्यजन्तु द्वन्द्व समाधानका लागि कृषक समूह महासंघले सरकारलाई दियाे सुझाव पूर्वाधारसम्बन्धी गुनासो समाधान गर्न ‘हेल्लो पूर्वाधार’ सेवा सुरु एक दशककाे कृषि तथा पशुपन्छी अनुदान दुरुपयोग छानबिन गर्न पाँच सदस्यीय कार्यदल गठन जेनजी आन्दोलनसम्बन्धि राष्ट्रिय मानव अधिकार आयोगको सिफारिस गैर संवैधानिक छः बार अध्यक्ष मिश्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

तिहारदेखि बेइजिङ-काठमाडौं सिधा उडान हुने



अ+ अ-
Image may contain: outdoor

काठमाडौं । आगामी तिहारदेखि बेइजिङ-काठमाडौं सिधा उडान हुने भएको छ। हालै निर्माण सम्पन्न राजधानी बेइजिङभित्रको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल ‘तासिङ अन्तर्राष्ट्रिय विमानस्थल’ असोज १३ देखि संचालनमा आउने भएपछि सो विमानस्थल प्रयोग गर्ने उडानहरूको धमाधम टिकट बिक्री सुरु भएको छ।

चाइना डेलीका अनुसार चीनको राजधानी बेइजिङमा बनेको नवनिर्मित तासिङ विमानस्थललाई विश्वका भव्य विमानस्थलमध्येको एक मानिन्छ। तासिङ विमानस्थलबाट आन्तरिक उडान र बाह्य अन्तर्गत काठमाडौं, लण्डन, फिनल्याण्डको हेलसिन्की, मोरोक्कोको कासाब्लांका र जापानको फुकुओकाका लागि टिकट बुकिङ खुल्ला भएको उक्त संचार माध्यमले जनाएको छ ।

Image may contain: outdoor

उक्त विमानस्थलबाट हिमालय एयरलाइन्सले पहिलो उडान गर्ने छ । हिमालय एयरलाइन्सको उडान समय बेइजिङ समयअनुसार साँझ १७–४० बजे उल्लेख गरिएको छ।

गत साउन १० गते नेपाल चीन हवाई सेवा सम्झौता पुनरावलोन गर्न बेइजिङ आएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सहितको प्रतिनिधि मण्डल र चिनियाँ उड्डयन प्रशासनबीच भएको वार्तामा बेइजिङ–काठमाडौं सिधा उडानका लागि चीनले सहमति जनाएको थियो।

No photo description available.

सो सम्झौतापछि हिमालय एयरलाइन्सले सिधा उडान गर्ने भनिएको थियो। सम्झौतापछि नेपाली अधिकारीहरूले आगामी अगष्टमा हिमालय एयरलाइन्सले नयाँ विमान किन्ने वा पुरानैबाट भएपनि सिधा उडान गर्नसक्ने संकेत गरेका थिए।