११ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुसमा रकेट इन्जिन विस्फोट, पाँच जना इन्जिनियरको मृत्यु



अ+ अ-

काठमाडौं । रुसमा रकेट इन्जिन विस्फोटमा पाँच जना रुसी न्युक्लियर इन्जिनियरको मृत्यु भएको छ भने तीनजना इन्जिनियर घाइते भएका छन् ।


विस्फोट राजधानी मस्कोबाट ३ सय ७३ किलोमिटर टाढा रहेको सारोभ शहरमा भएको हो । आर्क्टिक समुद्री किनारमा न्युक्लियर पावर इन्जिन परीक्षण भइरहेको बेलामा ‘न्युक्लियर पावर इन्जिन’ विस्फोट भएको रुसीको न्युक्लियर एजेन्सी रोसाटोमले बताएका छन् ।

यसअघि उक्त स्थानमा रुसले शक्तिशाली न्युक्लियर क्रुज मिसाइल परीक्षण गरेको थियो । तर, अधिकारीहरुले विस्फोटमा भने कुन किसिमको प्रणाली राखिएको थियो भन्ने नखुलेको अन्तर्रा्ष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।