५ असार २०८३, शुक्रबार
,
Latest
महोत्तरीका अव्यवस्थित बसोबासी र सुकुमवासीलाइ सेतो पूर्जा दिने झापामा ट्याक्टरसँग मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु जग्गासम्बन्धी समस्या समाधानका लागि काम भइरहेको छ: मन्त्री रावल राष्ट्रिय सभाबाट सम्पती शुद्धिकरण निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ स्वीकृत तनहुँका दशवटै पालिकामा पूर्णखोप सुनिश्चिताको घोषणा रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक छः सांसद न्यौपाने मानव–वन्यजन्तु द्वन्द्व समाधानका लागि कृषक समूह महासंघले सरकारलाई दियाे सुझाव पूर्वाधारसम्बन्धी गुनासो समाधान गर्न ‘हेल्लो पूर्वाधार’ सेवा सुरु एक दशककाे कृषि तथा पशुपन्छी अनुदान दुरुपयोग छानबिन गर्न पाँच सदस्यीय कार्यदल गठन जेनजी आन्दोलनसम्बन्धि राष्ट्रिय मानव अधिकार आयोगको सिफारिस गैर संवैधानिक छः बार अध्यक्ष मिश्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तान भारतसँग युद्ध गर्न तयार छ: प्रधानमन्त्री खान



अ+ अ-

काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले पाकिस्तान भारतसँग युद्ध गर्न तयार रहेको बताएका छन् । बुधबार पाकिस्तान–प्रशासित कश्मीरको राजधानी मुजफ्फराबाद पुगेका प्रधानमन्त्री खानले ‘यदि युद्ध भए पनि पाकिस्तान पुर्ण रूपमा तयार’ रहेको बताएका हुन् ।

उनले मुजफ्फराबाद सदनको विशेष सत्रमा सम्बोधन गर्दै अब भारत प्रशासित कश्मीरमा पाकिस्तानले केही गर्ने बताएका छन् । भारतीय प्रधानमन्त्री मोदीतर्फ संकेत गर्दै ‘ईटको जवाफ पत्थरले दिने’ भन्दै उनले सो क्षेत्रमा आफुले केही गर्ने बताएका हुन् ।

त्यस्तै प्रधानमन्त्री खानले विवादित कश्मीरका कारण भारत र पाकिस्तानको युद्ध भए त्यसका लागि विश्व शक्ति राष्ट्रहरू जिम्मेवार हुने समेत बताएका छन्। खानले कश्मीरका जनतालाई दिइएको आत्मनिर्णयको अधिकारलाई मोदीले फ्यालिदिएको भन्दै आफुहरु कश्मीर मुद्दालाई लिएर अन्तर्राष्ट्रिय मञ्चहरूमा जाने बताएका छन् ।