११ आश्विन २०८१, शुक्रबार
,
Latest
काम गर्न नसक्नेहरुलाई पदमा बसिरहने छुट छैनः पर्यटनमन्त्री पाण्डे पर्यटन क्षेत्रका समस्या समाधान गर्न सरकार गम्भीर छः कार्यवाहक प्रधानमन्त्री सिंह पूर्वी र मध्य तराईमा अत्याधिक वर्षा, सतर्क रहन आग्रह मानवता इतिहासकै कठिन मोडमा छ, वैश्विक एकता आवश्यक छः परराष्ट्रमन्त्री सन्दर्भ विश्व पर्यटन दिवस: ऐनापहरा आन्तरिक पर्यटकको गन्तव्यस्थल आइएमई पेबाट मात्र रु १ मा हवाई टिकट पहिरोले राप्ती लोकमार्ग अवरुद्ध ग्लोबल आइएमई बैंकको अनलाइन प्लेटफर्ममार्फत सेयर धितो कर्जा लिन मिल्ने पहिरोले भीमफेदी–कुलेखानी–फाखेल हुँदै काठमाडौँ जाने बाटो बन्द प्रतिकुल मौसमका कारण हवाई सेवा प्रभावित
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तान भारतसँग युद्ध गर्न तयार छ: प्रधानमन्त्री खान



अ+ अ-

काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले पाकिस्तान भारतसँग युद्ध गर्न तयार रहेको बताएका छन् । बुधबार पाकिस्तान–प्रशासित कश्मीरको राजधानी मुजफ्फराबाद पुगेका प्रधानमन्त्री खानले ‘यदि युद्ध भए पनि पाकिस्तान पुर्ण रूपमा तयार’ रहेको बताएका हुन् ।

उनले मुजफ्फराबाद सदनको विशेष सत्रमा सम्बोधन गर्दै अब भारत प्रशासित कश्मीरमा पाकिस्तानले केही गर्ने बताएका छन् । भारतीय प्रधानमन्त्री मोदीतर्फ संकेत गर्दै ‘ईटको जवाफ पत्थरले दिने’ भन्दै उनले सो क्षेत्रमा आफुले केही गर्ने बताएका हुन् ।

त्यस्तै प्रधानमन्त्री खानले विवादित कश्मीरका कारण भारत र पाकिस्तानको युद्ध भए त्यसका लागि विश्व शक्ति राष्ट्रहरू जिम्मेवार हुने समेत बताएका छन्। खानले कश्मीरका जनतालाई दिइएको आत्मनिर्णयको अधिकारलाई मोदीले फ्यालिदिएको भन्दै आफुहरु कश्मीर मुद्दालाई लिएर अन्तर्राष्ट्रिय मञ्चहरूमा जाने बताएका छन् ।