१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

५९ किलो गाँजासहित दुई जना पक्राउ



अ+ अ-

हेटौंडा । मकवानपुर प्रहरीले ५९ किलो ५८० ग्राम गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।

हेटौंडा उपहानगरपालिका– १० बसपार्क सडकखण्डबाट मकवानपुरको कैलाश गाउँपालिका–६ बस्ने २० वर्षीय भिमसेन मोक्तान र सोही ठाउँकै २६ वर्षीय रोशन लामालाई पक्राउ गरिएको हो ।

भिमसेन चलाएको ५ ख १८२५ नम्बरको मिनी ट्रकको चालक बस्ने सिट मुनि लुकाएर राखिएको अवस्थामा गाँजा बरामद भएको प्रहरीले जनाएको छ । गाँजा बरामद भएपछि सोही ट्रकमा सवार लामालाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।