५ असार २०८३, शुक्रबार
,
Latest
जेनजी आन्दोलनसम्बन्धि राष्ट्रिय मानव अधिकार आयोगको सिफारिस गैर संवैधानिक छः बार अध्यक्ष मिश्र सार्वजनिक खरिद दोस्रो संशोधन अध्यादेश राष्ट्रिय सभाबाट स्वीकृत फिफा विश्वकप: दबाबमा टर्की, अमेरिकालाई अस्ट्रेलियाको चुनौती स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी अध्यादेश राष्ट्रिय सभाबाट बहुमतले स्वीकृत स्याङ्जामा सवारी दुर्घटना हुँदा ५ जना घाइते, २ जनालाई पोखरा रिफर सरकारका नीति र निर्णय जनहितविपरीत छन्, सदन र सडकबाट आवाज उठाउँछौँः संयोजक दाहाल चलचित्र समाजको सामूहिक स्मृति र राष्ट्रको आत्मा अभिव्यक्त गर्ने माध्यम हो : सञ्चारमन्त्री डा. तिमिल्सिना सिन्धुली प्रहरी हिरासतमा निधन भएका विश्वकर्मालाई प्रहरीले कुटपिट गरेको छैन: गृहमन्त्री गुरुङ झलानाथ खनाललक्षित प्रचण्डको टिप्पणीः प्रतिक्रियावादीलाई फाइदा पुग्ने गरी निराशाको खेती गर्दैछन् संस्कृति र प्रकृतिको प्रवर्द्धनमा कलाकार लाग्नुपर्छ : मन्त्री पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

जलाशय एवम् शक्तिपीठमा जनै आमन्त्रण गरिदै



अ+ अ-

पोखरा । श्रावण शुक्ल पूर्णिमा (जनै पूर्णिमा) का अवसरमा आज पोखरा र आसपासका जलाशय एवम् शक्तिपीठमा जनै आमन्त्रण गरिएको छ । वैदिक विधिद्वारा सप्तऋषिलाई तर्पण गरी आमन्त्रित गरिएका नयाँ जनै फेर्ने तथा रक्ष बन्धनको डोरो नाडीमा बाँध्ने संस्कृतिलाई निरन्तरता दिन जलाशय एवम् शक्तिपीठमा जनै आमन्त्रण गरिने प्रचलन छ ।

आजको दिन नयाँ जनै लगाउनका लागि तागाधारीले बिहानै उठी स्नान गरी गुरु पुरोहितद्वारा वैदिक मन्त्रोच्चारण सहित सप्त ऋषिलाई तर्पण गरी जल सेचन गराइएको जनैलाई धारण गर्ने परम्परा रहेको शुक्लागण्डकी नगरपालिका वडा नं ९ का घनश्याम भट्टराईले जानकारी दिए।
यस दिन तागाधारीले पुरानो जनै फुकाली आजै आमन्त्रण गरिएको नयाँ जनै फेर्ने प्रचलन रहेको उनले बताए ।

कश्यप, अत्रि, भारद्वाज, गौतम, जमदग्नि, विश्वामित्र र बसिष्ठ लगायतका सप्तऋषिलाई तर्पण दिने गरिएकाले यसलाई ऋषि तर्पणीका रुपमा लिने गरिन्छ । गुरु पुरोहितबाट हातमा रक्षाबन्धन बाँध्नाले वर्षभर शरीरको रक्षा हुने जनविश्वास छ । गुरु पुरोहितले ‘येनबद्धो बलिराजा दानवेन्द्रो महाबल, तेन त्वं प्रतिबध्नामी रक्षेमा चल मा चल’ मन्त्रोच्चारण सहित यजमानको नाडीमा रक्षबन्धन गर्ने चलन रहेको छ ।

सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार गरी डोरो बाँधेर जोगाएका थिए भन्ने जनविश्वासले पनि यस पर्वको महत्व रही आएको बताइन्छ । आजको दिन केराउ, भटमास, सिमि, बोडी, मास, चना, मस्याङ लगायतका नौ थरिका गेडागुडी मिसाएको क्वाँटी खाने गरिन्छ ।




भर्खरै