११ आश्विन २०८१, शुक्रबार
,
Latest
पर्यटन क्षेत्रका समस्या समाधान गर्न सरकार गम्भीर छः कार्यवाहक प्रधानमन्त्री सिंह पूर्वी र मध्य तराईमा अत्याधिक वर्षा, सतर्क रहन आग्रह मानवता इतिहासकै कठिन मोडमा छ, वैश्विक एकता आवश्यक छः परराष्ट्रमन्त्री सन्दर्भ विश्व पर्यटन दिवस: ऐनापहरा आन्तरिक पर्यटकको गन्तव्यस्थल आइएमई पेबाट मात्र रु १ मा हवाई टिकट पहिरोले राप्ती लोकमार्ग अवरुद्ध ग्लोबल आइएमई बैंकको अनलाइन प्लेटफर्ममार्फत सेयर धितो कर्जा लिन मिल्ने पहिरोले भीमफेदी–कुलेखानी–फाखेल हुँदै काठमाडौँ जाने बाटो बन्द प्रतिकुल मौसमका कारण हवाई सेवा प्रभावित विश्वस्तरीय उसु च्याम्पियनसिप ब्रुनाईमा शुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाल विवाह अन्त्य गर्न इथियोपियाको राष्ट्रिय अभियान सार्वजनिक



अ+ अ-

आदिस अबाबा । अफ्रिकी मुलुक इथियोपियाले बाल विवाह र महिलाको योनिच्छेदन प्रचलनको अन्त्य गर्नेगरी पाँच वर्षे राष्ट्रिय योजना बुधबार सार्वजनिक गरेको छ । इथियोपियाली महिला, बालबालिका तथा युवा मन्त्री यालेम चेगायेले पाँचवर्षे नयाँ मार्गचित्रले आगामी सन् २०२५ भित्रमा मुलुकका यी दुई प्रमुख सामाजिक समस्या अन्त्य गर्न ठूलो सहयोग गर्ने विश्वास व्यक्त गरे ।

बाल विवाह र योनिच्छेदनको यो समस्या अन्त्य गर्न पाँच वर्षभित्र करिब ९ करोड ३० लाख अमेरिकी डलर खर्च हुनेछ । यस योजनामा खासगरी व्यापक प्रचारप्रसार गर्ने, नीतिगत सुधार गर्ने, सेवा केन्द्रहरुको स्थापना गर्ने तथा घटनाको तथ्याँक सङ्कलन गर्ने कार्यक्रम राखिएको छ ।इथियोपियाली समुदायमा बाल विवाह र महिलाको योनीच्छेदनलाई प्रमुख दुई समस्याका रुपमा पहिचान गरिएको छ ।

स्वास्थ्य र सामाजिक आर्थिक प्रभावका कारण पनि यी दुई समस्या समाजमा रहेको विश्वास गरिन्छ । नयाँ घोषणा गरिएको मार्गचित्रलाई सरकारका विभिन्न निकायबीचको सहकार्यबाट सञ्चालन गरिनेछ । इथियोपियाली महिला, बालबालिका तथा युवा मन्त्रालयले स्वास्थ्य, शिक्षा, अर्थ, श्रम र सामाजिक कल्याणका साथै अरु दातृ निकायसँग सहकार्य गर्दैछ ।

संयुक्तराष्ट्र बालकोष ९युनिसेफ० का अनुसार इथियोपियामा हरेक पाँचमध्ये एक बालिकाको १८ वर्ष नपुग्दै विवाह हुने गरेको छ । अफ्रिकामै बाल विवाहको दरमा पछिल्ला वर्षहरुमा निकै घटेको छ । एक तथ्याँक अनुसार सन् १९९० मा ४४ प्रतिशत बाल विवाह रहेकामा सन् २०१५ मा त्यो घटेर ३४ प्रतिशतमा आइपुगेको छ ।

युनिसेफले बाल विवाहको न्यूनीकरणका क्षेत्रमा इथियोपियाले गरेको कार्य प्रशंसनीय रहेको जनाएको छ । युनिसेफले बाल विवाह न्यूनीकरणमा अझ बढी सहकार्य, बजेट विनियोजन, जवाफदेही संयन्त्र तथा तथ्याँकको उपलब्धतामा जोड दिएको छ । युनिसेफले बाल विवाह र महिलाको योनीच्छेदन अन्त्य गर्नेसम्बन्धी राष्ट्रिय एलायन्सको स्थापना अर्को महत्वपूर्ण कदम रहेको जनाएको छ ।

अफ्रिकामा अहिलेकै बाल विवाहको दर कायम रहे अफ्रिकामा विवाहित बालिकाको संख्या आगामी सन् २०५० सम्ममा हालको १२ करोड ५० लाखबाट ३१ करोड पुग्ने युनिसेफको अनुमान छ ।