५ असार २०८३, शुक्रबार
,
Latest
प्लेअफमार्फत सुवास प्रिमियर गल्फ च्याम्पियनसिपमा च्याम्पियन सरकारले प्रेस स्वतन्त्रता, लोकतान्त्रिक मूल्य र नागरिक अधिकार कुण्ठित गर्न खोजेको भन्दै पेशागत सञ्जालको खबरदारी… सभापति लामिछानेको सङ्गठित अपराधसम्बन्धी फुद्दा फिर्ता मोटरसाइकल पर्यटनले कृषि, पर्यटन र स्थानीय अर्थतन्त्र प्रवर्द्धनमा टेवा पुर्याउँछः मन्त्री चौधरी नेपाल धितोपत्र बोर्डको अध्यक्षमा डा. गोपालप्रसाद भट्ट नियुक्त महोत्तरीका अव्यवस्थित बसोबासी र सुकुमवासीलाइ सेतो पूर्जा दिने झापामा ट्याक्टरसँग मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु जग्गासम्बन्धी समस्या समाधानका लागि काम भइरहेको छ: मन्त्री रावल राष्ट्रिय सभाबाट सम्पती शुद्धिकरण निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ स्वीकृत तनहुँका दशवटै पालिकामा पूर्णखोप सुनिश्चिताको घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसले १२ सय स्थानीय नेता तथा कार्यकर्तालाई कारबाही गर्दै



अ+ अ-

काठमाडौं । कांग्रेसले स्थानीय, प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गरेका १ हजार २ सय स्थानीय नेता तथा कार्यकर्तालाई कारबाही गर्ने भएको छ ।

केन्द्रीय कार्यसमिति बैठकमा बुधबार प्रस्तुत अनुशासन समितिको कार्य प्रगतिसम्बन्धी प्रतिवेदन पारित गरेपछि कारत्राही प्रक्रिया अघि बढउने केन्द्रीय सदस्य तथा अनुशासन समितिका प्रमुख भीष्म आङदेम्बेले बताए । उनका अनुसार समितिले पत्र काटेको ३५ दिनभित्र अनुशासन समितिमा स्पष्टीकरण दिनुपर्नेछ ।

समितिले स्वतः निष्कासन हुनेबाहेकका उजुरीमाथि छानबिन गरी कारबाही प्रक्रिया अघि बढाउन लागेको हो ।
पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध स्वतन्त्र उम्मेदवार, प्रस्तावक, समर्थक र अन्य पार्टीमा गएर उम्मेदवार बनेका र तिनका प्रस्तावक र समर्थक नेता तथा कार्यकर्तालाई भने यसअघि नै पार्टीबाट ५ वर्षका लागि निष्कासन गरिएको छ । विधानमा यस्ता व्यक्तिहरू स्वतः पार्टीबाट निष्कासन हुने व्यवस्था छ । ३२ जिल्लाका २ सय ९८ जना यसरी निष्कासन भएका हुन् ।

०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा अन्तर्घात गरेकाहरूविरुद्ध तत्कालीन समितिले कारबाहीको प्रक्रिया अघि बढाउँदाबढाउँदै छाडेको थियो ।

७७ जिल्लामध्ये २८ जिल्लाबाहेक सबैबाट कारबाहीको उजुरी अनुशासन समितिमा परेको छ । ती उजुरीलाई समितिका सदस्यहरूले डेढ महिना लगाएर अध्ययन गरेका थिए ।

उपनिर्वाचनमा प्रतिनिधि खटाउने
कांग्रेसले मंसिर १४ गते ३६ जिल्लाका रिक्त विभिन्न पदमा हुने उपनिर्वाचनका लागि पार्टीबाट केन्द्रीय प्रतिनिधि खटाउने तयारी गरेको छ । प्रतिनिधिसभाको १, प्रदेश निर्वाचन क्षेत्रको ३ सहित स्थानीय तहमा रिक्त पदको निर्वाचन हुँदै छ ।