५ असार २०८३, शुक्रबार
,
Latest
सरकारले प्रेस स्वतन्त्रता, लोकतान्त्रिक मूल्य र नागरिक अधिकार कुण्ठित गर्न खोजेको भन्दै पेशागत सञ्जालको खबरदारी… सभापति लामिछानेको सङ्गठित अपराधसम्बन्धी फुद्दा फिर्ता मोटरसाइकल पर्यटनले कृषि, पर्यटन र स्थानीय अर्थतन्त्र प्रवर्द्धनमा टेवा पुर्याउँछः मन्त्री चौधरी नेपाल धितोपत्र बोर्डको अध्यक्षमा डा. गोपालप्रसाद भट्ट नियुक्त महोत्तरीका अव्यवस्थित बसोबासी र सुकुमवासीलाइ सेतो पूर्जा दिने झापामा ट्याक्टरसँग मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु जग्गासम्बन्धी समस्या समाधानका लागि काम भइरहेको छ: मन्त्री रावल राष्ट्रिय सभाबाट सम्पती शुद्धिकरण निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ स्वीकृत तनहुँका दशवटै पालिकामा पूर्णखोप सुनिश्चिताको घोषणा रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक छः सांसद न्यौपाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकाको फिलाडेल्फियामा फेरि गोली हानाहान



अ+ अ-

काठमाडौं । अमेरिकाको फिलाडेल्फियामा फेरि बन्दुक धारी र सुरक्षाकर्मीबीच गोली हानाहान भएको छ।

फिलाडेल्फियाको नाइसटाउन टियागोमा स्थानीय समयअनुसार ४ बजेर ३० मिनेट जाँदा एक पुरुष बन्दुक धारी र सुरक्षाकर्मीबीच गोली हानाहान भएको हो।

बिबिसीका अनुसार एउटा घरमा सुरक्षाकर्मीले लागुऔषध ओसारपसारकर्ता खोजी गर्दै थिए। सोही क्रममा छिमेकबाट ती बन्दुकधारीले सुरक्षाकर्मीमाथि गोली प्रहार गरेका थिए । त्यसपछि उनले सुरक्षाकर्मीसामु आत्मसमर्पण गरेका थिए।

अमेरिकी सञ्चार माध्यमले उनको नाम म्यारिस हिल बताएका छन्। ती व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको बताइएको छ। उक्त घटनामा छ जना सुरक्षाकर्मी घाइते भएका छन्।

यसअघि पनि अमेरिकाका विभिन्न क्षेत्रमा गोली काण्ड भएका थिए। अमेरिकाको ओहायो राज्यस्थित डेटनमा गत आइतबार बिहानीपख भएको गोलीकान्डमा कम्तीमा नौ जनाको मृत्यु भएको प्रहरीले जनाएको थियो। उक्त घटनामा अन्य १६ जना घाइते भएका थिए।

त्यस्तै, अमेरिकाको टेक्सासमा गत शनिबार भएको अर्को गोलीकान्डमा कम्तीमा २० जनाको मृत्यु भएको थियो। उक्त घटनामा अन्य २६ जना घाइते भएका थिए। अमेरिकामा सन् २०१९ लागेपछि २१६ दिनमा योसमेत २५२ गोलीकाण्ड भएका छन्।