• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   चीनमा भारी वर्षाका कारण करिब दुई लाख व्यक्ति विस्थापित ★   बैरागी काइँला र एलपी जोशीलाई पुरस्कृत गरिने ★   राष्ट्रिय परिचयपत्र बनाउन छुटेपनि राज्यबाट पाउने सुविधाबाट वञ्चित हुँदैनन्: गृहमन्त्री लामिछाने ★   २५ वटा काण्डको छानबिन गर्न शक्तिशाली आयोग गठन गर्ने तयारी: गृहमन्त्री लामिछाने ★   व्यवसायिक बाख्रापालनबाट वार्षिक चार लाख बचत ★   चलायमान बन्दै ठमेल र दरबारमार्गका व्यवसाय ★   ‘यार्सागुम्बा’ अर्थात् महङ्गो जैविक कीराको खोजी ★   कति छ रोहित शर्मा र विराट कोहलीको सम्पत्ति ? ★   उद्योगमन्त्री भण्डारीद्वारा प्रमुख सचेतकहरुसँग छलफल ★   फ्रान्स र बेल्जियम भिड्दै

खोलामा डुबेर बालकको मृत्यु



सांकेतिक तस्विर

विराटनगर । मोरङको रतुवामाई नगरपालिका–७ सिजुवामा खोलामा डुबेर शनिबार राति एक बालकको मृत्यु भएको छ। मृत्यु भएको अवस्थामा स्थानीय शिव मुखियाका १० वर्षीय छोरा आकाश मुखियाको शव फेला परेको हो।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिँउजुले रतुवा खोलामा डुबेर मृत्यु भएको अवस्थामा राति ९ बजे शव भेटिएको बताए ।

पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु भएको हुन सक्ने बताउँदै उनले घटनाका बारेमा अनुसन्धान सुरु गरिएको जानकारी दिए ।