१० भाद्र २०८३, बुधबार
,
Latest
रसुवामा बाढीपछि ११४ जनाको हवाई उद्धार बाढीपछि पशुजन्य रोग फैलिन नदिन विशेष सतर्कता अपनाउन पशु सेवा विभागलाई मन्त्री चौधरीको निर्देशन बाढी प्रभावित क्षेत्रमा खाद्य सुरक्षा प्रतिकार्यका लागि सहयोग गर्न सरकारको आग्रह विपद्मा प्रभावितको उद्धार र राहतमा जुट्न नेसनल प्याब्सनको आग्रह रसुवा बाढीपछि उद्धार र राहतमा केन्द्रित हुन कांग्रेसको आग्रह, पूर्वनिर्धारित कार्यक्रम स्थगित रसुवा बाढीको कारण हिमपहिरो, लेन्दे खोलामा चौध महिनाभित्र दुई पटक भीषण बाढी रसुवा–नुवाकोटमा मात्रै सञ्चालनमा रहेका ३५९ मेगावाट र निर्माणाधीन ३९५ मेगावाटका आयोजना प्रभावित भारत, चीन र विश्व बैंकले सोधे– ‘कस्तो सहयोग कहाँ पठाऊँ? रसुवा बाढीमा घाइते २५ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार रसुवा बाढीपछि ८ बैंकका २६ कर्मचारी सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

१६ लाख रुपैयाँ लुटियो भन्दै प्रहरीलाई खबर गर्ने युवा पक्राउ



अ+ अ-

काठमाडौँ । १६ लाख रुपैयाँ लुटियो भन्दै प्रहरीलाई खबर गर्ने एक युवा उक्त रकमसहित पक्राउ परेका छन् ।

न्युरोडका व्यवसायी दीपक गोयलले आइतबार आफ्नै कामदार भारत घर भएका मनिष कुमार साहलाई बजारबाट उठेको रकम बैैङ्कमा जम्मा गर्न पठाएका थिए ।तर, साहले उक्त रकम बैङ्कमा जम्मा गर्नुको साटो लुटिएको भन्दै प्रहरीलाई फोन गरेका थिए ।

तत्कालै महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले साहलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा डल्लुस्थित साहको कोठामा प्रहरी पुगेर १६ लाख रुपैयाँ बरामद गरेको परिसरका प्रवक्ता होविन्द्र वोगटीले बताए ।

यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।




भर्खरै