• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   नेताको भाषणबाट मुलुकको समृद्धि हुँदैन: श्रममन्त्री अर्याल ★   चीनमा भारी वर्षाका कारण करिब दुई लाख व्यक्ति विस्थापित ★   बैरागी काइँला र एलपी जोशीलाई पुरस्कृत गरिने ★   राष्ट्रिय परिचयपत्र बनाउन छुटेपनि राज्यबाट पाउने सुविधाबाट वञ्चित हुँदैनन्: गृहमन्त्री लामिछाने ★   २५ वटा काण्डको छानबिन गर्न शक्तिशाली आयोग गठन गर्ने तयारी: गृहमन्त्री लामिछाने ★   व्यवसायिक बाख्रापालनबाट वार्षिक चार लाख बचत ★   चलायमान बन्दै ठमेल र दरबारमार्गका व्यवसाय ★   ‘यार्सागुम्बा’ अर्थात् महङ्गो जैविक कीराको खोजी ★   कति छ रोहित शर्मा र विराट कोहलीको सम्पत्ति ? ★   उद्योगमन्त्री भण्डारीद्वारा प्रमुख सचेतकहरुसँग छलफल

सहकारीको पाँच लाख बढी रकम चोरी



विराटनगर । मोरङको कानेपोखरी गाउँपालिका–७ बरगाछीमा रहेको एउटा सहकारीबाट पाँच लाख रुपैयाँभन्दा बढी नगद चोरी भएको छ। जनमुखी बचत तथा ऋण सहकारी संस्थाको पाँच लाख पाँच सय ५१ रुपैयाँ चोरी भएको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक राम ढकालले बताए।

उनले शनिबार राति सहकारी भवनको झ्यालको ग्रील फुटाएर चोरी भएको जानकारी दिए। भूइँतलमा रहेको कार्यालयको पूर्वतर्फको ग्रील भत्काएर बाकसभित्र राखिएको सेभ समेत फुटाएर चोरी गरिएको सहकारीका उपाध्यक्ष हरि कोइरालाले बताए। उनका अनुसार आइतबार बिहान ७ बजे सहरकारी खोल्दा बचत परिचालक रमेश शिवाकोटीले चोरी भएको थाहा पाएर खबर गरेका हुन्।

चोरी गर्नेको पहिचान हुन नसकेको र खोजी गर्दै अनुसन्धान अघि बढाइएको जानकारी उनले दिए।