१० भाद्र २०८३, बुधबार
,
Latest
रसुवामा बाढीपछि ११४ जनाको हवाई उद्धार बाढीपछि पशुजन्य रोग फैलिन नदिन विशेष सतर्कता अपनाउन पशु सेवा विभागलाई मन्त्री चौधरीको निर्देशन बाढी प्रभावित क्षेत्रमा खाद्य सुरक्षा प्रतिकार्यका लागि सहयोग गर्न सरकारको आग्रह विपद्मा प्रभावितको उद्धार र राहतमा जुट्न नेसनल प्याब्सनको आग्रह रसुवा बाढीपछि उद्धार र राहतमा केन्द्रित हुन कांग्रेसको आग्रह, पूर्वनिर्धारित कार्यक्रम स्थगित रसुवा बाढीको कारण हिमपहिरो, लेन्दे खोलामा चौध महिनाभित्र दुई पटक भीषण बाढी रसुवा–नुवाकोटमा मात्रै सञ्चालनमा रहेका ३५९ मेगावाट र निर्माणाधीन ३९५ मेगावाटका आयोजना प्रभावित भारत, चीन र विश्व बैंकले सोधे– ‘कस्तो सहयोग कहाँ पठाऊँ? रसुवा बाढीमा घाइते २५ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार रसुवा बाढीपछि ८ बैंकका २६ कर्मचारी सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सहकारीको पाँच लाख बढी रकम चोरी



अ+ अ-

विराटनगर । मोरङको कानेपोखरी गाउँपालिका–७ बरगाछीमा रहेको एउटा सहकारीबाट पाँच लाख रुपैयाँभन्दा बढी नगद चोरी भएको छ। जनमुखी बचत तथा ऋण सहकारी संस्थाको पाँच लाख पाँच सय ५१ रुपैयाँ चोरी भएको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक राम ढकालले बताए।

उनले शनिबार राति सहकारी भवनको झ्यालको ग्रील फुटाएर चोरी भएको जानकारी दिए। भूइँतलमा रहेको कार्यालयको पूर्वतर्फको ग्रील भत्काएर बाकसभित्र राखिएको सेभ समेत फुटाएर चोरी गरिएको सहकारीका उपाध्यक्ष हरि कोइरालाले बताए। उनका अनुसार आइतबार बिहान ७ बजे सहरकारी खोल्दा बचत परिचालक रमेश शिवाकोटीले चोरी भएको थाहा पाएर खबर गरेका हुन्।

चोरी गर्नेको पहिचान हुन नसकेको र खोजी गर्दै अनुसन्धान अघि बढाइएको जानकारी उनले दिए।




भर्खरै