२२ असार २०८३, सोमबार
,
Latest
सरकारी जग्गा ओगटेर बनेका ट्रेड युनियनका भवन तीन दिनभित्र खाली गर्न मन्त्रालयको निर्देशन सिद्धार्थ बैंकविरुद्ध कीर्ते कागजात तयार गरी कलोसूचीमा रहेको कम्पनीको नाममा करोडौँ कर्जा प्रवाह गरेको आरोप सरकारका सय दिन उत्साहजनक छैनन्, लोकतान्त्रिक विधि र प्रक्रिया मिचियोः अर्जुननरसिंह केसी कोशी प्रदेशसभाः विषयगत मन्त्रीले दिनुभयो जवाफ सरकार उत्तरदायित्वबाट पन्छियो, सय दिनको उपलब्धि शुन्यः सांसद थेबे प्रतिनिधिसभाः बाध्यकारी श्रम महासन्धिको प्रोटोकलमाथि छलफल मल वितरणमा सरकारी संयन्त्र चुस्तः १९ दिनमै साढे ४० हजार मेट्रिकटन आपूर्ति मार्ग खुलेको ५४ वर्षसम्म सडक स्तरोन्नति हुन नसक्दा यात्रु कष्टपूर्ण यात्रा गर्न बाध्य निजगढलाई वैकल्पिक अन्तरराष्ट्रिय विमानस्थलका रूपमा अगाडि बढाइन्छ : मन्त्री पौडेल नेपाल स्टक एक्सचेन्जका सीईओको राजीनामा स्वीकृत
तपाईं के खोज्दै हुनुहुन्छ ?

बोक्सी आरोपमा महिलालाई दुर्व्यवहार गरेको आरोपमा २ जना पक्राउ



अ+ अ-

धनुषा । महोत्तरीको भंगहामा प्रहरीले बोक्सी आरोपमा महिलालाई दुर्व्यवहार गरेको आरोपमा २ जनालाई पक्राउ गरेको छ । शनिबार साझ घाँस काटदै गरेकी महिलालाई घरायसी विवादमा बोक्सीको आरोप लगाउँदै मलमूत्र खुवाएको जाहेरी आएपछि पक्राउ गरिएको महोत्तरीका प्रहरी उपरीक्षक श्याम अधिकारीले बताए ।

पीडित महिलालाई स्थानीय ३५ वर्षीया सवितादेवी सिंह, ३० वर्षीया इन्दुकुमारी दनुवार, ५० वर्षीया सुक्नी देवी र ५० वर्षीया सुकेश्वरी देवीले मलमूत्र खुवाउँदै कुटपिट गरेका थिए ।आरोपितमध्ये २ जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको उनले बताए ।

मलमूत्र खुवाउने इन्दु र सुकेश्वरीलाई प्रहरीले शनिबार साँझ नै पक्राउ गरेको र अन्य दुई फरार भएको प्रहरी नायब उपरीक्षक माधव बुढाथोकीले बताए । पक्राउ परेका दुवै जनामाथि बोक्सी आरोप ऐनअन्तर्गत आइतबार जिल्ला अदालत महोत्तरीबाट म्याद थपगरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।