१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बोक्सी आरोपमा महिलालाई दुर्व्यवहार गरेको आरोपमा २ जना पक्राउ



अ+ अ-

धनुषा । महोत्तरीको भंगहामा प्रहरीले बोक्सी आरोपमा महिलालाई दुर्व्यवहार गरेको आरोपमा २ जनालाई पक्राउ गरेको छ । शनिबार साझ घाँस काटदै गरेकी महिलालाई घरायसी विवादमा बोक्सीको आरोप लगाउँदै मलमूत्र खुवाएको जाहेरी आएपछि पक्राउ गरिएको महोत्तरीका प्रहरी उपरीक्षक श्याम अधिकारीले बताए ।

पीडित महिलालाई स्थानीय ३५ वर्षीया सवितादेवी सिंह, ३० वर्षीया इन्दुकुमारी दनुवार, ५० वर्षीया सुक्नी देवी र ५० वर्षीया सुकेश्वरी देवीले मलमूत्र खुवाउँदै कुटपिट गरेका थिए ।आरोपितमध्ये २ जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको उनले बताए ।

मलमूत्र खुवाउने इन्दु र सुकेश्वरीलाई प्रहरीले शनिबार साँझ नै पक्राउ गरेको र अन्य दुई फरार भएको प्रहरी नायब उपरीक्षक माधव बुढाथोकीले बताए । पक्राउ परेका दुवै जनामाथि बोक्सी आरोप ऐनअन्तर्गत आइतबार जिल्ला अदालत महोत्तरीबाट म्याद थपगरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।