१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

गंगबुका प्रहरी जवान देबेन्द्र बलायरसहित ३ जनाविरुद्ध मुद्दा



अ+ अ-

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरीय ट्राफिक प्रहरी नयाँ बसपार्क गंगबुका प्रहरी जवान देबेन्द्र बलायरसहित ३ जनाविरुद्ध मुद्दा दायर गरीएको छ ।

सवारी दुर्घटनाको पुलिस रिपोर्ट बनाइदिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा पक्राउ परेका प्रहरी जवान हिटर साउद, देबेन्द्र बलायर र लोकेन्द्र थापाविरुद्ध विशेष अदालतमा आज मुद्दा दायर गरिएको छ।

उनीहरु सेवाग्राहीसँग एक लाख घुस लिइरहेको अवस्थामा पक्राउ परेका हुन्। उनीहरुविरुद्ध १ लाख विगो कायम गरिएको छ।