१० भाद्र २०८३, बुधबार
,
Latest
रसुवा बाढीः उद्धार तथा राहतको लागि रास्वपाले सरकारलाई ५० लाख आर्थिक सहयोग गर्ने बाढी जोखिमप्रति सतर्क रहन एनआरएनए पोर्चुगलको अपिल बाढीपहिरो प्रभावितको उद्धारमा जुट्न क्याप्टेन थापाको आह्वान पृथ्वी राजमार्गमा सवारी आवागमन पूर्णरुपमा बन्द बाढीपहिरोका कारण प्रतिनिधिसभा बैठक स्थगित रसुवा बाढीमा पूर्वराजा ज्ञानेन्द्रको चासो, बेपत्ताको खोजी र उद्धार तीव्र पार्न आग्रह भोटेकोशी बाढीः नेपाल र चीनबिच मौसमी विवरण आदानप्रदान गर्ने विषयमा सहकार्य गर्ने सहमति युएसएस अब्राहम लिङ्कन थाइल्यान्डतर्फ तिब्बतबाट आएको भीषण बाढीले रसुवा, नुवाकोट र धादिङमा अपूरणीय क्षति, उद्धार र राहतमा जुट्न राजनीतिक… रसुवामा बाढीपछि ११४ जनाको हवाई उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

ढ्वाहामा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु



अ+ अ-

बुटवल । पूर्वपश्चिम राजमार्गको बुटवल उपमहानगरपालिका वडा नम्बर १२, ढवाहामा भएको सडक दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चालक गुल्मी गुर्जुधाराका २६ वर्षीय सुवास पछाई रहेका छन् ।

आज दिउँसो लु २ च ३२६ नम्बरको मालसामान बोक्ने छोटा हात्तीको ठक्करबाट लु ३२ प ५००१ नम्बरको मोटरसाइकलमा सवार पछाईको मृत्यु भएको पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।