४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते

छोरा जन्माउने आशै आशामा १३ सन्तान

छोरा जन्माउने आशै आशामा १३ सन्तान
अ+ अ-

-सुशीला रेग्मी
पाल्पा– छोरा जन्माउने आशै आशामा पाल्पाको रम्भा गाउँपालिका–१ हुँगीका ६७ वर्षीय सुमित्रा विकले १३ सन्तानको जन्म दिएकी छिन् । तेह् वर्षको उमेरमा २८ वर्षीय नरबहादुर विकसँग विवाह बन्धनमा बाँधिएकी सुमित्रा १५ वर्षको उमेरमा आमा बनिन् । छोरा नजन्माउँदा समाजले नानाथरी नकारात्मक कुराहरु गर्न थालेपछि विकले १२ छोरी र एक छोराको जन्म दिएका हुन् । नवौं सन्तानका रुपमा छोरा लोकबहादुर विश्वकर्माले जन्म पाएपछि नरबहादुरको परिवारमा खुशी छायो ।

“समाजमा छोरा नजन्माउने हो भने पहिले मेलापात, सहयोग आदानप्रदान केही पनि चल्थेन, आफ्ना लागि त छोरी भएपछि चित्त बुझाएकै थिए तर समाजकै लागि छोराकै आशै आशामा १३ सन्तानको जन्म दिएको हुँ”, उनले भने । अहिले उनी छोराछोरी, नातिनातिना, पनातिपनातिना गरी ७० जनाको अभिभावक रहेकी छिन् । । छोराछोरी सबैले उन्नति, प्रगति, विभिन्न पेशा–व्यवसाय गरेको देख्दा र सुन्दा उनी खुशी छिन् ।

अहिलेसम्म एक छोरा, १२ छोरी, ३८ नातिनातिना र ११ पनाति पनातिना छन् । सुन्दा अनौठो लाग्न सक्छ, तर, यो सत्य घटना हो — उनले छोराको लोभमा १३ सन्तानलाई जन्म दिइन् । ६७ वर्षीया सुमित्रा विक र ७६ वर्षीय नरबहादुर विक अहिले ६२ सन्तानका अभिभावक हुन् । सुमित्राले १३ सन्तानलाई जन्म त दिइन् । तर, सबै छोरा छोरीको नाम पनि सम्झन मुश्किल हुन्छ । अझै त्यसमा ३८ जना नाति नातिनीको नाम कहाँ सम्झन सक्छिन् र ? नाम सम्झन निकै सास्ती नै हुन्छ । पनाति पनातिना त कुन छोरीका हुन् उनलाई हेक्का नै हुँदैन ।

‘बाह्र छोरा तेह्र नाति, हलो र जुवा बूढाको काँधमाथि’ भन्ने उखान हाम्रो समाजमा अझै सुनिए पनि उनका नातिनातिना उखानमा भन्दा तेब्बर बढी छन् । नरबहादुरले छोराको लोभमा छोरी बढी जन्माए । हुन त नरबहादुर पनि आठ छोरीपछि मात्र जन्मेका हुन् । उनी पनि छोराजस्तै धेरै बहिनीका प्यारा एक्ला भाइ हुन् । त्यसै पनि एकपटक छोराको जन्म हुन्छ भन्ने आशा मनमा कहिले पनि हराउन नसक्दा परिवार ठूलो बन्यो ।

बढी सन्तान समस्या नै समस्या

सुमित्राले १३ सन्तान हुर्काउन निकै सास्ती भयो । घरमा सासू ससुरा नभएपछि बच्चा हुर्काउन समस्या भएको हो । केही बच्चा आफ्नो साथमा र केही श्रीमान्को साथ लगाएर काम गर्नुपर्ने बाध्यता रहेको थियो । धेरै सन्तान भएपछि उनीहरुले एसएलसीसम्म पनि पढ्ने मौका कमै सन्तानले मात्र पाए ।

‘दुःख गरेर भए पनि धेरै छोराछोरीको राम्रै पालनपोषण गरे, सबैका बिहेदान राम्रैसँग भयो, पहिला दुःख भए पनि अहिले त सुखसन्तोष हुँदै गएको छ, काखमा नातिनातिना खेलाउँदा रमाइलो लागेको छ’, उनले भने।

पहिला पहिला अशिक्षा र पुरानो संस्कारले जगेडिएको हाम्रो समाजमा छोरीलाई भन्दा छोरालाई धेरै महत्व दिने चलन थियो । अहिले भने छोरा नै जन्माउनुपर्छ भन्ने पुरानो संस्कार परिवर्तन भएको छ । मेलापात उकाली ओराली गरेर १३ सन्तान हुर्काउन पाउँदा आफूलाई खुशी लागेको विकका श्रीमती ६४ वर्षीय सुमित्रा विक बताउँछिन् ।

‘कोही काखमा, कोही पेटमा, कोही भर्खर बामे सर्दै गरेका सन्तानको रेखदेख गर्नैप¥यो, मेलापात, ढिकी, जाँतो नगरीकन खान पाइँदैनथ्यो, दिनभर मेलापात छोराछोरी बोकेर गरिन्थ्यो, ढिकी, जाँतो गर्न बिहान ३ नबज्दै उठ्नुपर्ने’, उनले दुःखका अनुभूति सुनाए ।

बच्चाबच्चीको स्याहारसुसार, घरधन्दा, मेलापात एक्लै दुःखसँगै सबैलाई हुर्काए पनि अहिले आनन्द लागेको विक बताउँछन् । ‘छोराछोरीले गरेको चहलपहल देख्न पाउँदा पहिले धेरै सन्तान पाए भनेर दुःखी भए पनि ती सारा दुःखहरु अहिले भुल्दै गएको छु, सबैले दुःख नगर्नु चाहिएको हामी पु¥याउँछौ, ल्याइदिन्छौ भन्छन्’, उनले भने ।

श्रीमान् आरन व्यवसाय चलाउने श्रीमती मेलापात घरधन्दा गरेर जीविका चलाउने विक दम्पती अहिले सुखसँग जीवन बिताएका छन् । कतिपय छोरा नजन्माएकै कारण महिलालाई घर निकाला, अपहेलना, शारीरिक तथा मानसिक याताना दिने गरिन्छ । विकट र दुर्गम गाउँमा यदाकदा छोरा नै जन्माउनुपर्छ भन्ने धारणा रहे पनि पछिल्लो समय पाल्पामा भने शिक्षाको पहुँच र चेतनाको विकासले छोरा नै जन्माउनुपर्छ भन्ने मानसिकतामा परिवर्तन आउन थालेको छ ।