७ पुष २०८२, सोमबार
,
Latest
‘समयमै निर्वाचन हुनेमा नागरिक अगुवाहरुको आशंका’ ठूला आयोजनाले अझै गति लिन सकेनन् देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने विदेशमा रहेका नेपाली नागरिक र अन्तरजिल्ला मतदानको व्यवस्था गर्न चार वटा ऐन संशोधन हुँदै अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी मनाइयो ७०औँ बार स्थापना दिवस हायु हत्या प्रकरणः दुई जनाको हत्या भएको पुष्टि, दुई जना पक्राउ प्रतिनिधिसभा निर्वाचनबारे निर्वाचन आयोगसहित दल र नागरिक प्रतिनिधिसँग छलफलमा सरकार म्याग्दीमा ‘कालाहारी बोयर’ जातको बाख्रा भित्रियो नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

नवलपरासीको चोरमारामा बसको ठक्करबाट साइकल यात्रुको मृत्यु



अ+ अ-

नवलपरासी । नवलपरासीको चोरमारामा मंगलबार विहान बसको ठक्करबाट एकजना साइकल यात्रुको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतको मोतिहारी बलुवाका ३६ वर्षीय मोहम्मद साहबिर आलम रहेका छन् ।

काठमाडौंबाट महेन्द्रनगर जाँदै गरेको ना५ख ४८६ नम्बरको बसको ठक्करबाट मध्यविन्दु नगरपालिका–७ चोरमारा बजारमा प्लाष्टिकको पसल गरी बसेका आलमको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक (डीएसपी) अर्जुन रानाभाटले बताए ।

बसको ठक्करबाट गम्भीर घाइते भएका आलमको मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचारको क्रममा मृत्यु भएको हो ।