१० भाद्र २०८३, बुधबार
,
Latest
रसुवा बाढीः उद्धार तथा राहतको लागि रास्वपाले सरकारलाई ५० लाख आर्थिक सहयोग गर्ने बाढी जोखिमप्रति सतर्क रहन एनआरएनए पोर्चुगलको अपिल बाढीपहिरो प्रभावितको उद्धारमा जुट्न क्याप्टेन थापाको आह्वान पृथ्वी राजमार्गमा सवारी आवागमन पूर्णरुपमा बन्द बाढीपहिरोका कारण प्रतिनिधिसभा बैठक स्थगित रसुवा बाढीमा पूर्वराजा ज्ञानेन्द्रको चासो, बेपत्ताको खोजी र उद्धार तीव्र पार्न आग्रह भोटेकोशी बाढीः नेपाल र चीनबिच मौसमी विवरण आदानप्रदान गर्ने विषयमा सहकार्य गर्ने सहमति युएसएस अब्राहम लिङ्कन थाइल्यान्डतर्फ तिब्बतबाट आएको भीषण बाढीले रसुवा, नुवाकोट र धादिङमा अपूरणीय क्षति, उद्धार र राहतमा जुट्न राजनीतिक… रसुवामा बाढीपछि ११४ जनाको हवाई उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

आठ किलो गाँजासहित तीनजना पक्राउ



अ+ अ-

धादिङ । धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ९ मझिमटारबाट आठ किलो पाँच सय ग्राम लागुऔषध गाँजासहित तीनजना पक्राउ परेका छन्।

काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको ग १ ख ७७०२ नम्बरको बस चेकजाँच गर्ने क्रममा कास्की जिल्लाको माछापुच्छ्रे नगरपालिका वडा नम्बर ८ बस्ने सन्जोग सुनारलाई गाँजासहित पक्राउ गरेको थियो।

उनकै सूचनाको आधारमा स्याङजा जिल्ला चिनिबासका नयन थापामगर र कास्कीको लेखनाथ महानगरपालिका वडा नम्बर ९ बस्ने संगीत विकलाई पनि प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुलाई लागुऔषध ओसार पसार ऐन अन्तरगत कारवाही प्रक्रिया अगाडी बढाइएको जिल्ला प्रहरी कार्यलय धादिङका सूचना अधिकारी डीएसपी रुपक खड्काले जानकारी दिए।