५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

कांग्रेसमा गच्छदार अड्को, नेतृत्व आलटालमै, माग बढ्दै

कांग्रेसमा गच्छदार अड्को, नेतृत्व आलटालमै, माग बढ्दै
अ+ अ-

काठमाडौं । विजयकुमार गच्छदार नेतृत्वको तत्कालीन फोरम लोकतान्त्रिकले नेपाली कांग्रेससँग २० कात्तिक २०७४ मा पार्टी एकीकरण ग¥यो । पार्टी एकताताका गच्छदारलाई उपसभापति दिने वचन कांग्रेस सभापति शेरबहादुर देउवाले दिए । त्यहीअनुसार गच्छदारलाई देउवाले विधान मिचेरै भए पनि उपसभापति बनाए ।

तर, गच्छदारसँग भएको सहमति दुई वर्ष बित्नै लाग्दासम्म पनि पार्टीका शीर्ष तहका नेताहरूले नै थाहा पाउन सकेका छैनन् । गच्छदारले समेत पटकपटक आफूसँग भएको लिखित सहमति पार्टी नेतृत्वले पालना नगरेको भन्दै दुखेसो गर्दै आएका छन् । उनले केन्द्रीय समिति बैठकमा घण्टांैसम्म त्यही आशयको अभिव्यक्तिसमेत पोख्दै आएका छन् ।
तर, कांग्रेस नेतृत्वले भने उनीसँगको सहमतिबारे निर्णयमा पुग्न भन्दै अर्का उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा समिति नै बनाएको छ । सो समितिलाई सहमतिका विषयलाई टुंगाउने गरी अधिकार दिइएको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले उपसभापति निधि नेतृत्वको समितिले समायोजनका विषयमा हालसम्म भएका प्रगतिबारे गत केन्द्रीय समिति बैठकमा जानकारी गराएको बताए । उनले अन्तरिम संरचनाको गठनसँगै एकताको बाँकी कामले समेत पूर्णता पाउने जानकारी दिए ।

‘तत्कालीन फोरम लोकतान्त्रिकसँगको सहमतिअनुसार समायोजन समितिले हालसम्म भएका कामबारे केन्द्रीय समितिमा जानकारी गराएको छ, अब अन्तरिम संरचनाको गठनसँगै एकताका बाँकी कामको पनि टुंगो लाग्छ,’ प्रवक्ता शर्माले राजधानीसँग भने ।
कांग्रेस नेता अर्जुननरसिंह केसीले भने गच्छदारसँगको सहमति छिटो पूरा गरेर टुंगोमा पुग्नुपर्ने जनाए ।

‘गच्छदारजीसँग जे कमिटमेन्ट गरिएको हो त्यो छिटो पूरा गरेर टुंगोमा पुग्नुपर्छ । अहिलेसम्म सो विषयमा पार्टीभित्र गहन छलफल भएको छैन, समिति बनाएर प्रतिवेदन बुझाउन भनिएको छ,’ नेता केसीले भने ।

कांग्रेसको केही दिनअघि बसेको केन्द्रीय समिति बैठकमा उपसभापति निधिले गच्छदारसँगको सहमतिअनुसार भएका कामको विवरणबारे जानकारी गराएका थिए ।

कांग्रेसले गत मंसिरमा राजधानीमा भएको महासमिति बैठकका लागि एकीकरणपछि पहिलोपटक गच्छदारनिकट करिब ३ सय नेताहरूलाई महासमिति सदस्य मनोनीत गरेको थियो ।त्यसयता उनले आफूलाई केन्द्रीय सदस्य, जिल्ला सदस्य, महाधिवेशन प्रतिनिधिसहित क्रियाशील सदस्यसम्ममा भाग दिन पार्टी नेतृत्वलाई झक्झक्याउँदै आएका छन् । उनले आफ्ना पक्षका १५ जना नेतालाई केन्द्रीय सदस्य बनाउनुपर्ने माग गरिरहेका छन् ।
यस्तै २ हजारलाई क्षेत्रीय प्रतिनिधि, २५ हजार क्रियाशील सदस्य, ५ सय महाधिवेशन प्रतिनिधिको समेत उनले दाबी गर्दै पार्टीमा पत्र नै पेस गरेका छन् । यस्तै, स्थानीय तहदेखि नै संघीय संरचनाका हरेक निकायमा आफ्नो मागदाबीसमेत उनले अघि सारेका छन् ।, समाचार राजधानी दैनिकमा प्रकाशित छ ।