५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

रुद्राक्षको आकार बिगार्दै किसान

रुद्राक्षको आकार बिगार्दै किसान
अ+ अ-

संखुवासभा । चिनियाँ व्यापारी आकर्षित पार्न भोजपुर र संखुवासभामा रुद्राक्षको बोट बिगार्न थालिएको छ । चिनियाँ व्यापारीले चिल्लो, थेप्चे, मदाने र कन्ठे आकारका रुद्राक्षको धेरै माग गर्न थालेपछि धेरैले रुद्राक्षको आकार बिगार्न थालेका हुन् ।

रुद्राक्षको राजधानी भनेर चिनिने संखुवासभाका स्याबुन, वाना, धुपु, चेवाबेंसी, माङतेवा र भोजपुरको दिङला, नेपालेडाँडा र सोमबारेलगायतका क्षेत्रमा बेग्लै आकृति बनाउन थालिएको छ ।

यो बेला दुवै जिल्लामा रुद्राक्षको चहलपहल सुरु भइसकेको छ । केही व्यापारी र कृषकले राम्रो फल्ने रुद्राक्ष बगानमा अझै बहुमूल्य बनाउनका लागि कलिलो अवस्थामा रुद्राक्ष दानामा विषादी छर्किने र कृत्रिम क्लिप लगाउने गरेको पाइएको छ ।

व्यापारिक चहलपहल सुरु भएसँगै अप्राकृतिक रुद्राक्षको उत्पादन र बगानमा विषादी छर्किन थालेपछि किसान व्यवसायी दुवैलाई पिरोल्न थालेको छ ।

असार अन्तिमदेखि नै रुद्राक्षको बगान ठेक्का लगाउने गरिएको छ । केही किसान र व्यापारीले तत्कालको फाइदा हेरेर रुद्राक्षको बोटमा विषादी छर्किने र क्लिप लगाएर बिगार्न थालेपछि यसको महत्त्व घटेको रुद्राक्ष व्यवसायी महासंघका अध्यक्ष चक्र बिसुन्केले बताए ।

संखुवासभा र भोजपुरमा उत्पादन भएको रुद्राक्षको मुख्य बजार केही समयअघिसम्म भारत मात्रै थियो । भारतको एकाधिकार बजार भइरहेको अवस्थामा करिब ५ वर्षअघि व्यापारिक प्रयोजनमा चिनियाँ व्यापारीहरू संखुवासभा भित्रिए, उनले भने, त्यो समयमा जस्तोसुकै रुद्राक्षले मूल्य पायो । रुद्राक्षको काँचो बोक्रासमेत प्रतिकिलो १० हजार रुपैयाँभन्दा बढीमा बिक्री भएपछि त्यो बेला व्यापारी हौसिए, उनले भने, अहिले चिनियाँले जे भन्यो, जसरी तोडमोड गर भन्छ त्यसरी नगरे बिक्री हुँदैन ।

उत्कृष्ट नभएको भन्दै चिनियाँ व्यापारीले बर्सेनि रुद्राक्षको मूल्य घटाउन थालेका हुन् । उनीहरूले चाहेजस्तो रुद्राक्ष उत्पादन नभएको भन्दै करिब तीन वर्षदेखि बोटमै प्लास्टिकका कृत्रिम क्लिप प्रयोग गर्ने मेसिन राख्न थालिएको छ । जसका कारण रुद्राक्षको मूल्यमा भारी गिरावट आएको छ । गएको वर्षदेखि भने रुद्राक्षको दानामा विषादी छर्किन थालिएको छ ।

ठूलो साइज र राम्रो देखाउन विषादी प्रयोग भएको हो । गएको वर्ष चैनपुर नगरपालिकाको लोहाकोटमा १५ लाख रुपैयाँ ठेक्कामा लिइएको रुद्राक्ष बगानमा २ वटा बोटमा परीक्षणका लागि विषादी प्रयोग गरिएको हो । खराङ, लोहाकोटका साथै पाँचखपन नगरपालिका विभिन्न ठाउँमा पनि विषादी प्रयोग गर्ने गरेको पाइएको छ । खाँदबारी आसपासका क्षेत्रमा भने ठेक्का लिएका बोटमा विषादी प्रयोग गर्न दिइएको छैन ।

चैनपुरका रुद्राक्ष व्यवसायी वीरबहादुर तामाङका अनुसार विषादी प्रयोग गरिएको रुद्राक्ष चिल्लो हुने, तर एक महिनापछि रङ खुइलिने, हलुका हुने र कालो देखिने समस्याले बहुमूल्य रुद्राक्षसमेत बिक्री गर्न समस्या भएको व्यवसायी बताउँछन् ।

त्यसरी उत्पादन गरिएका रुद्राक्ष बिक्री नहुने समस्याका कारण व्यापारी र किसान दुवैलाई नोक्सान भएको छ । गएको वर्ष परीक्षण गरिएका रुद्राक्षको बोटमा यसै वर्षदेखि क्वालिटीका रुद्राक्ष फल्न छाडेको छ । उनले भने, ‘किसान र व्यापारी क्षणिक लाभका लागि विषादी हाल्ने र क्लिप प्रयोग गर्ने गरेका छन्, यो गलत हो ।’

गत वर्षदेखि किसानका रुद्राक्ष बगान ठेक्का लिएर व्यापारीले जथाभावी क्लिप प्रयोग गरेर कृत्रिम दाना उत्पादन गरिरहेका थिए । तर प्राकृतिक उत्पादन जस्तो थेप्चे भए पनि चिल्लो नभएको भन्दै रुद्राक्ष बिक्री वितरणमा समस्या आयो । यस वर्ष भने रुद्राक्ष छिप्पिन लाग्दा बोटमै विषादी छर्किएर राम्रा दाना उत्पादन गर्न व्यापारी लागि परेका हुन् ।

व्यापारीलाई रुद्राक्ष बगान ठेक्कामा दिए पनि विषादी छर्किन र क्लिप प्रयोग गर्न दिन नहुने अध्यक्ष बिसुन्केले बताए । ‘त्यस्ता रुद्राक्ष नयाँ तथा पुराना व्यापारीले खरिद गरेर बिक्रीका लागि अन्य देश लैजाँदा जिल्लाको छवि धमिलियो,’ उनले भने, ‘भारतका व्यवसायीले स्वरूप बिगारेको रुद्राक्ष किन्दैनन्, त्यसैले यो रोक्नुपर्ने देखिएको छ ।’ यसरी क्षणिक रूपमा रुद्राक्षको व्यापारले फाइदा दिए पनि बोट नै बिग्रिन थालेको छ । अहिले रुद्राक्ष खरिद बिक्रीमा समस्या आइसकेको छ ।

भगवान् शिवजीको तेस्रो नेत्रबाट उत्पादन भएको मानिने रुद्राक्ष धार्मिक हिसाबले महत्त्वपूर्ण मानिन्छ । धार्मिक हिसाबले यसको मूल्य यति नै हो भन्न नहुने तर ठूलो रकममा किनबेच हुने गरेको व्यापारीको भनाइ छ ।

स्वरूप बिगार्नेलाई कारबाही माग
संखुवासभा– स्वरूप बिगार्नेलाई रुद्राक्ष व्यवसायी संघले कारबाहीको माग गरेको छ । संघले प्रमुख जिल्ला अधिकारीसमक्ष कारबाहीको माग गर्दै निवेदन दिएको छ ।

रुद्राक्षको प्राकृतिक स्वरूप बिगार्न प्रयोग गरिएका विभिन्न औजार बेलाबेलामा जफत गरिएको र यस्ता क्रियाकलाप नगर्न पटकपटक ध्यानाकर्षण गरिए पनि अटेर गरेकाले कारबाहीको माग गरिएको हो ।

व्यवसायीले लाखौं आम्दानीका कृषकका रुद्राक्ष विषादी प्रयोगबाट नष्ट हुने उल्लेख गरेका छन् । विदेशी मुद्रा आर्जन गर्ने प्रमुख स्रोतमा दीर्घकालीन असर पर्ने भएकाले यस्ता गतिविधिमा संलग्नलाई नियन्त्रणमा लिई शीघ्र कारबाही गर्न अनुरोध गरिएको छ ।, समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।