५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

दलितलाई तिमी !

दलितलाई तिमी !
अ+ अ-

पोखरा । वडाध्यक्षले अरूलाई ‘तपाईं’ तर आफूलाई ‘तिमी’ भनेर सम्बोधन गरेकामा पोखरा महानगरपालिका–१५ की वडा सदस्य मन्दिरा परियारको चित्तदुखाइ छ ।

‘निर्वाचित हुनुअघि वडाध्यक्षसँग खासै चिनजान र हेलमेल पनि थिएन,’ उनले भनिन्, ‘उहाँ अरू सबै सदस्यलाई तपाईं भन्नुहुन्छ, मलार्ई भने ‘तिमी’ भन्नुहुन्छ ।’ आफू दलित भएकैले हेपेर सम्बोधनमा विभेद गरिएको उनको बुझाइ छ ।

वडाध्यक्ष प्रकाश पौडेलले आफूहरूसँग सरसल्लाह नै नगरी काम गर्ने गरेको समेत परियारले गुनासो गरिन् । परियारका अनुसार दलित विद्यार्थीलाई पोसाक वितरण कार्यक्रमको उनी संयोजक थिइन् । वडामा १ लाख रुपैयाँबराबरको विद्यालय पोसाक बाँड्ने योजना थियो । ‘महानगरका महिला जनप्रतिनिधिको टोली ५ नम्बर प्रदेश भ्रमणमा निस्किएका बेला मलाई थाहै नदिई वडाध्यक्षले पोसाक बाँड्नुभएछ,’ उनले सुनाइन् ।

वडाध्यक्ष पौडेल भने दलित महिला जनप्रतिनिधिप्रति कुनै पूर्वाग्रह नराखेको दाबी गर्छन् । भन्छन्, ‘उहाँ आफैं जिम्मेवार हुनुहुन्छ, मैले त्यस्तो केही सोचेको छैन । सुधार गर्नुपर्ने रहेछ भने गर्छु ।’ व्यक्तिभन्दा कार्यक्रम मुख्य भएकाले परियारको अनुपस्थितिमा पोसाक वितरण गरेको उनले बताए ।

पोखरा–१७ की सदस्य तारा सेवा परियारले आफूमाथि समेत जातीय विभेद हुने गरेको सुनाइन् । ‘एउटा सहकारीको कार्यक्रममा पौडेल थरका अतिथिलाई खादा लगाइदिँदा छोइन्छ कि झैं गर्नुभयो,’ उनले भनिन्, ‘जनप्रतिनिधिलाई त त्यस्तो व्यवहार गरिन्छ भने अरूलाई कुन हदसम्म विभेद हुन्छ होला ?’ वडाध्यक्षले अप्ठेरो काम दलित महिला सदस्यलाई सुम्पिने गरेको पोखरा–१२ की सदस्य विष्णु विश्वकर्माले अनुभव सुनाइन् ।

‘झैझगडा, विवाद मिलाउने काममा हामीलाई खटाइन्छ,’ उनले भनिन्, ‘सम्मान थाप्ने, अतिथि बन्ने कार्यक्रममा अरू सदस्यलाई पठाइन्छ ।’ पोखरा–१ की सदस्य प्रेमदेवी परियार दलित महिलाले महानगरमा लगेका योजनामा सुनुवाइ नहुने गरेको बताइन् । पोखरा–८ की सदस्य लक्ष्मी कौशलको उस्तै गुनासो छ ।

‘दलित भएकैले वडामा मेरो कुरा सुनुवाइ हुँदैन,’ उनले भनिन्, ‘मुलुकमा यत्रो परिवर्तन हुँदा पनि दलितलाई हेर्ने दृष्टिकोण अझै उस्तै छ ।’ पोखरा–१० की सदस्य प्रतिभा विकले दलितलाई कर्मचारीसमेतले हेप्ने गरेको बताउँछिन् । आफू र अन्य सदस्यलाई कर्मचारीले गर्ने व्यवहारमा फरक पाएको उनको अनुभव छ । ‘कर्मचारीले वडाध्यक्ष र अरू सदस्यलाई देख्नेबित्तिकै फूर्तिसाथ नमस्कार गर्छन्,’ उनले सुनाइन्, ‘हामीतिर आउँदा जाँगर चलाएर नमस्कार गर्दैनन् । एकछिन टोलाएर बल्ल नमस्कार गर्छन् ।’

पोखरा–५ की सदस्य हरिमाया विश्वकर्माको अनुभव भने फरक छ । उनले वडामा दलित महिला अनिवार्य गर्दा केही दलित पुरुषमा डाहको भाव देखिएको अनुभव सुनाइन् । भनिन्, ‘यत्रो वर्ष हामीले राजनीति गर्‍यौं । अहिले महिलालाई दिए भन्ने खालको गुनासो दलित दाजुभाइबाटै सुनिन्छ ।’

पोखरा–५ का अध्यक्ष एवं महानगरका प्रवक्ता धनबहादुर नेपाली पनि दलितप्रतिको संकीर्ण सोच अझै कायम रहेको स्विकार्छन् । दलित जनप्रतिनिधिको क्षमतामाथि विश्वास नगर्ने प्रवृत्ति देशैभरि रहेको उनको भनाइ छ । ‘कहीँ देखिने गरेर, कहीँ नदेखिने गरेर जनप्रतिनिधिमाथि विभेद भइरहेकै छ,’ उनले भने, ‘सिधैसिधै भन्दा पनि नजानिँदो, नदेखिएकोझैं गरी प्रकट हुन्छन् ।’

आफूले पनि अप्रत्यक्ष रूपमा विभेद भोग्नुपरेको उनले बताए । ‘समाज विस्तारै परिवर्तन हुँदै गए पनि व्यक्ति–व्यक्तिमा भएको भेदभावजन्य मनोविज्ञान हटाउन सक्नुपर्छ,’ उनले भने ।, समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।