५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

लामो दूरीमा चल्ने यातायातमा दुई चालक अनिवार्य

लामो दूरीमा चल्ने यातायातमा दुई चालक अनिवार्य
अ+ अ-

काठमाडौं । सरकारले लामो दूरीमा चल्ने सार्वजनिक यातायातमा दुई चालक नराखे कारबाही थाल्ने भएको छ । सरकारले लामो दूरीमा चल्ने यातायातमा दुई चालक नराखी चलाएमा गाडी मालिक र कम्पनीलाई कारबाही गर्ने चेतावनी दिएको हो ।
एक जना मात्र चालक हुँदा चालक थकान र निदाउनाले बस दुर्घटना बढेको भन्दै सरकारले नियम कार्यान्वयनमा कडाइ गर्न लागेको हो ।यातायात व्यवस्था विभागले केही दिनअघि मात्र एक सूचना जारी गरी लामो दूरीमा दुई चालक हुनुपर्ने कानुनी व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गर्ने जनाएको हो ।

विभागले प्रस्थान बिन्दुबाट २५० किमि वा त्योभन्दा बढी दूरीमा चल्ने गाडीले अनिवार्य दुई चालक नराखेको पाइए सवारी धनी या कम्पनीलाई नियन्त्रणमा लिई कारबाही गर्ने जनाएको हो ।
विभागले लामो दूरीमा चल्ने गाडीमा दुई जना चालक भए÷नभएको देशभर अनुगमन गर्ने र दुई चालक नराखेको पाइएमा कानुनी कारबाही गर्ने जनाएको छ । ‘लामो बाटोमा सञ्चालन हुने सार्वजनिक सवारी सञ्चालकले ऐनको उपरोक्त प्रावधानको अनिवार्य रूपमा कार्यान्वयन गर्नु गराउनुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’ ‘सोअनुसार गरेको नपाइएमा प्रचलित कानुनबमोजिम कारबाही गरिने बेहोरासमेत जानकारी गराइन्छ,’ सूचनामा भनिएको छ ।
सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १०४ मा लामो दूरीमा चल्ने गाडीमा कम्तीमा दुई चालक अनिवार्य राखी प्रत्येक ६÷६ घण्टामा पालैपालो चलाउनुपर्ने प्रावधान छ ।
सरकारले यसअघि पनि एउटै चालकले लामो दूरीमा गाडी चलाउँदा थकानका कारण दुर्घटना बढेको भन्दै नियमको कडाइ गरेको थियो । केही समययता भने लामो दूरीमा चल्ने यातायातमा दुई चालक भए नभएको बारे चेकजाँच प्रायः शून्यजस्तै छ ।
विभागले मध्यम दूरीमा गाडीका चालकलाई प्रत्येक ४ घण्टामा आधा घण्टा विश्राम दिने व्यवस्थालाई समेत कडाइका साथ पालना गर्न आग्रह गरेको छ ।

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १०३ मा ४ घण्टाभन्दा बढीको दूरीमा चल्ने यात्रुवाहक गाडीका चालकले प्रत्येक ४ घण्टामा आधा घण्टा विश्राम लिनुपर्ने व्यवस्था छ ।
विभागले सूचना जारी गरेर सार्वजनिक यातायातलाई सुरक्षित र व्यवस्थित बनाउन दिइएको निर्देशन कार्यान्वयन नगरे सम्बन्धित यातायात व्यवसायीलाई कारबाही गरिने स्पष्टसमेत पारेको छ । लामो दूरी तथा रात्रिसेवाका चालक निदाउने, थकान र तोकिएको समयमै गन्तव्यमा पुग्नुपर्ने मानसिक दबाबका कारण दुर्घटना हुने गरेको छ ।, समाचार राजधानी दैनिकमा प्रकाशित छ ।