५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

आयल निगमको शोषण : खरिद मूल्यभन्दा दोब्बरमा तेल बेचेर १५ दिनमा ६० करोड नाफा

आयल निगमको शोषण : खरिद मूल्यभन्दा दोब्बरमा तेल  बेचेर १५ दिनमा ६० करोड नाफा
अ+ अ-

काठमाडौं । आयल निगमले खरिद मूल्यको तुलनामा दोब्बर मूल्यमा पेट्रोलियम पदार्थ बिक्री गर्दै आएको छ । निगमले हाल प्रतिलिटर पेट्रोल ५४ दशमलव ०२ रुपैयाँमा किनेर उपभोक्तालाई १ सय ९ रुपैयाँमा बिक्री गरिरहेको छ । डिजेल र मट्टीतेल क्रमशः ६० दशमलव ६३ र ६० दशमलव ८० रुपैयाँ प्रतिलिटरमा किनेर समान ९७ रुपैयाँमा बिक्री गरिरहेको छ । खाना पकाउने एलपी ७५९ दशमलव ९४ रुपैयाँ प्रतिसिलिन्डरमा खरिद गरी १ हजार ३ सय ७५ रुपैयाँमा बिक्री गरिरहेको छ । हवाई इन्धन ५९ दशमलव ३६ रुपैयाँमा किनेर दुई थरी मूल्य निर्धारण गरेको छ । आन्तरिक विमान कम्पनीलाई ९४ दशमलव ५० रुपैयाँ प्रतिलिर र अन्तर्राष्ट्रिय विमानलाई १०५० डलर ९प्रतिकिलोलिटर० मा बिक्री गरिरहेको छ ।

खरिद मूल्यमा ढुवानी, भण्डारण र प्रशासनिक खर्च जोडर बिक्री मूल्य कायम गर्नुपर्ने हो । तर, निगमले कहिल्यै लागत मूल्य सार्वजनिक गरेको छैन । निगमले चुहावट, अनियमितता र फजुल खर्च घटाएर पेट्रोलियम पदार्थको मूल्यमा उपभोक्तालाई राहत दिन विभिन्न कार्यदलले सुझाब दिए पनि निगमले अटेर गर्दै आएको छ ।

इन्धन आपूर्तिमा एकाधिकारको फाइदा उठाउँदै नेपाल आयल निगमले उपभोक्ताबाट खरिद मूल्यभन्दा दोब्बरमा तेल बेची दैनिक ४ करोड रुपैयाँ नाफा गरिरहेको छ । यही अनुपातमा नाफा गरे निगमको नाफा वार्षिक १५ अर्ब रुपैयाँ पुग्नेछ । भदौ १ देखि १५ गतेसम्म आयल निगमले ६० करोड रुपैयाँ नाफा आर्जन गर्ने प्रक्षेपण गरेको छ । भारतीय आयल कर्पोरेसन ९आइओसी० ले ३१ साउनमा पठाएको नयाँ मूल्य सूचीअनुसार आधा महिनामा ६० करोड नाफा हुने प्रक्षेपण गरिएको हो । आइओसीले इन्धनको मूल्य घटाएर पठाए पनि निगमले घटाउने लक्षण देखाएको छैन । ‘अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढिरहेकाले मूल्य समायोजन नगर्ने,’ निगमले जनाएको छ ।

चार वर्षअघिसम्म ३५ अर्ब सञ्चित नोक्सान रहेको निगमले उक्त घाटा पूर्ति गरी करिब ३० अर्ब रुपैयाँ सञ्चित नाफा कमाइसकेको छ । त्यसबीचमा ३७ अर्ब रुपैयाँ ऋणसमेत तिर्‍यो । आर्थिक वर्ष ०७५र७६ मा मात्रै १० अर्ब रुपैयाँ नाफा कमाएको थियो ।

वैज्ञानिक मूल्य समायोजन कहिल्यै भएन
आर्थिक ०७१र७२ मा अन्तर्राष्ट्रिय बजार भाउअनुसार मूल्य समायोजन गर्ने भन्दै निगमले स्वचालित प्रणालीसमेत कार्यान्वयनमा ल्याएको थियो । इन्धनको मूल्य वृद्धि हुँदा उपभोक्ता र विद्यार्थीले चर्को आन्दोलन गर्दै घटाउन दबाब दिन थाले पनि निगमले स्वचालित विधि अपनाएको थियो । तर, अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा बढाउने तर घट्दा भने नघटाएर निगमले स्वचालित प्रणालीको धज्जी उडाउँदै आएको छ ।

सरकारकै कार्यदल भन्छ– इन्धन व्यापार निजी क्षेत्रलाई पनि खुला गर, भ्रष्ट कर्मचारीलाई बिदा देऊ

सरकारद्वारा गठित एक कार्यदलले निजी क्षेत्रलाई पेट्रोलियम पदार्थको कारोबारमा प्रवेश दिनुपर्ने सुझाब दिएको छ । अहिले पेट्रोलियम पदार्थको आपूर्ति, वितरण र भण्डारणमा सरकार स्वामित्वको आयल निगमको एकाधिकार छ ।

बजारमा प्रतिस्पर्धी वातावरण सिर्जना गरी उपभोक्तालाई अधिकतम लाभ दिलाउन निजी क्षेत्रलाई समेत पेट्रोलियम कारोबार खुला गरिनुपर्ने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले गठन गरेको उच्चस्तरीय कार्यदलले सुझाब दिएको हो । योजना आयोगका पूर्वउपाध्यक्ष डा। मीनबहादुर श्रेष्ठको संयोजकत्वमा गठित कार्यदलमा पूर्वसचिव तथा संस्थान निर्देशन बोर्डका प्रमुख विमल वाग्ले र कर्मचारी सञ्चय कोषका पूर्वप्रशासक कृष्णप्रसाद आचार्य सदस्य थिए ।

टोलीले १० असारमा उद्योगमन्त्री मातृकाप्रसाद यादवलाई प्रतिवेदन बुझाएको छ । प्रतिवेदनमा भनिएको छ, ‘पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थापनलाई दक्ष र बजार प्रतिस्पर्धी तुल्याउन निजी क्षेत्रलाई पनि खुला गर्ने । यस सम्बन्धमा रहेको नीतिगत अस्थिरता र अस्पष्टता साथै प्रक्रियागत जटिलता यथाशीघ्र हटाउने । निजी क्षेत्रलाई कारोबार खुला गर्दा राज्यबाट प्रभावकारी नियमन हुने व्यवस्था पहिले सुनिश्चित गरिनुपर्ने ।’

पेट्रोलियम पदार्थमा निगमको एकाधिकार हुँदा अन्तर्राष्ट्रिय बजार भाउअनुसार मूल्य समायोजन हुन सकेको छैन । चार वर्षअघिबाट स्वचालित मूल्य प्रणाली लागू गरिए पनि निगमले आफूअनुकूल मुनाफा राखेर मूल्य समायोजन गर्दै आएको छ । बढ्दो इन्धन चोरी, डिपो तथा पम्पको प्राविधिक तथा तापक्रम नोक्सानीलगायतको चुहावटको भार उपभोक्तामा पर्दै आएको पनि कार्यदलले ठहर गरेको छ ।

कार्यदलले निगमलाई देशभर रहेका पेट्रोलियम खानीको उत्खननमा बढी केन्द्रित हुन र इन्धन आपूर्ति, वितरण र भण्डारण कार्य निजी क्षेत्रलाई हस्तान्तरण गर्दै लैजान सुझाब दिएको छ । निगमको कार्य क्षेत्रमा पेट्रोलियम पदार्थको उत्खननसम्बन्धी कार्यसमेत समावेश भएकाले पेट्रोलियम पदार्थको भण्डारण र वितरणको अधिकांश कार्यमा निजी क्षेत्रलाई समावेश गराई निगमले उत्खनन कार्यमा फोकस गर्ने सुझाब दिइएको छ । यो कार्य पछि गरिने भए तापनि पूर्वाधार र विज्ञता–दक्षताको विकास गर्ने कार्य अहिलेदेखि नै सुरु गर्ने कार्यदललको प्रतिवेदनमा भनिएको छ ।, समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।