५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा

योगगुरू रामदेवका सहयोगी बालकृष्णलाई हृदयघात, अस्पताल भर्ना

योगगुरू रामदेवका सहयोगी बालकृष्णलाई हृदयघात, अस्पताल भर्ना
अ+ अ-

काठमाडौं । योगगुरू बाबा रामदेवका सहयोगी आचार्य बालकृष्णलाई हृदयघात भएपछि अस्पताल भर्ना गरिएको छ।

हृदयघात भएपछि शुक्रबार करिब अपरान्ह ४ बजे उनलाई ऋषिकेशस्थित एम्समा भर्ना गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

पतञ्जली योगपिठका अनुसार उनलाई पहिला हरिद्वारस्थित अस्पतालमा लगिएको थियो। तर अस्पतालले उनलाई एम्समा रेफर गरेको हो।

उनको उपचारमा संलग्न चिकित्सक अधीक्षक ब्रहमप्रकाशले बालकृष्णलाई ‘अल्टर्ड कन्सिएयस’ स्थितिमा अस्पताल भर्ना गरिएको बताए।

‘यो अवस्थामा बिरामीले आफ्नो आसपासको माहौल चिन्न सक्दैन। उनलाई यहाँ ल्याउँदा उनमा बेचैनी थियो। उनले स्थिति पहिल्याउन सकिरहेका थिएनन्’, उनले भने।

उनको केही स्वास्थ्य परीक्षण गरिसकिएको र स्थिति सामान्य रहेको उनले बताए। उनले केही परीक्षणको रिपोर्ट आउन बाँकी रहेको जानकारी दिए।

अहिले उनी विशेषज्ञ टिमको निगरानीमा छन्।