५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल

बिरामीलाई भुइँमै राखेर उपचार

बिरामीलाई भुइँमै राखेर उपचार
अ+ अ-

जनकपुरधाम । जनकपुर अञ्चल अस्पतालको नव निर्मित ओपीडी भवनमा सेवा सञ्चालन भएको एक वर्ष पनि बितेको छैन्। ठाउँ अभावले बिरामीको उपचारमा समस्या भएको भन्दै सहजताका लागि नयाँ भवन निर्माण गरिएको थियो। तर अहिले यो भवनमा पनि बिरामी अटाउने ठाउँ छैन। बिहानैदेखि अस्पतालको विभिन्न वार्डमा बिरामीको चाप थेगिनसक्नु छ। बिरामीको चापका कारण चिकित्सकले सबै बिरामीलाई समय दिएर जाँच गर्नसमेत पाएका छैनन्।

एउटैलाई धेरै समय दिँदा अन्य बिरामी छुट्ने भएपछि चिकित्सकले सोधपुछ गर्ने र हतारमा रिपोर्ट हेरेरै औषधि सिफारिस गर्ने गरेका छन्।बिरामीको चाप र कुरुवाको हल्लाका कारण सेवा प्रवाहमा कठिनाई उत्पन्न भएको अस्पतालले जनाएको छ। बर्खाको समय भएकाले अधिकांश मौसमी रुघाखोकीका बिरामी आउँछन्। अस्पतालमा चाप धेरै भएपछि अन्य रोगका बिरामीलाई पनि संक्रमण फैलिनसक्ने भन्दै चिकित्सक चिन्तित छन्।

अस्पतालका आकस्मिक, प्रसूति र ओपीडी वार्ड लगायत सबैमा बिरामीको घुँइचो छ। कुरुवा र बिरामी भेट््न आउने आफन्तले केही छिनका लागि भए पनि मुस्किलले बस्ने ठाउँ भेटाउँछन्। दैनिक दुई हजारभन्दा बढी बिरामी उपचारका लागि आउने गरेको अस्पताल प्रशासनले जनाएको छ। सरकारबाट एकसय शै्याको मान्यता पाएको अस्पतालको विकास समितिबाट आन्तरिक एकसय ५० शै्या थप गरिएको छ। बिरामीको चापलाई मध्यनजर गर्दै ५० शैय्या थप गरी जम्मा तीन सय शै्या सञ्चालनमा छ। हाल अस्पताला बिरामीको चाप हेर्दा ५ सय शै्या आवश्यक पर्ने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. नागेन्द्रप्रसाद यादव बताउँछन्।

‘अन्यत्रभन्दा धेरै नै बेड देखिन्छ। तर दैनिक आउने बिरामीको चाप हेर्दा अहिलेको संरचनामा उपचार गर्न कठिन छ’ मेसुु यादवले भने, ‘अहिले एउटा बिरामीलाई पूरा समय दिएर जाँच्न नै पाइएको छैन, चिकित्सक र शै्या थप नगरेसम्म सेवा प्रवाह प्रभावकारी बनाउन मुस्किल छ। तै पनि हामीले क्षमताले सकेअनुसार सेवा दिइरहेका छौं।’ देशभरीकै तुलनामा प्रदेश २ मा मिर्गौला संक्रमितको संख्या अत्याधिक छ। जनकपुर अञ्चल अस्पतालबाट मात्रै दुई हजार बढी मिर्गौलाका बिरामीले डायलासिस सेवा लिन्छन्। सरकारी अस्पताल भएकाले सस्तोमा उपचार हुने आशमा सबै बिरामी यसै अस्पतालमा आउने गरेका छन्। अन्यत्र सेवा सस्तो नहुँदा सम्पूर्ण बिरामीको भार जनकपुर अस्पतालले नै थेग्नुपरेको डा. यादव बताउँछन्।

अस्पतालमा सातवटा डायलासिस मेसिन छन्। तर जनशक्ति अभाव र बिरामी धेरै हुँदा सबैले सहज उपचार पाउन सकेका छैनन्। तीन जना चिकित्सकको भरमा सातवटा मेसिनबाट सेवा सञ्चालन भइरहेको छ। अस्पतालका वरिष्ठ चिकित्सक कुलदिप पण्डीतले भने, ‘यहाँ प्रत्येक शै्यामा एउटा चिकित्सकको आवश्यकता छ। तर तीन जनाले नै पूरै वार्ड सम्हाल्नुपरेको छ।’ गम्भीर बिरामीका लागि आईसीयू कक्षमा १० शै्या छन्। सम्बन्धित वार्डका कर्मचारी नहुँदा ८ शै्या मात्रै सञ्चालनमा छन्। ‘आईसीयूमा बिरामीको पूर्ण हेरचाह स्वास्थ्य कर्मचारीले नै गर्नुपर्ने हुन्छ’ आईसीयू वार्डकी मेडिकल अफिसर समिना खातुनले भनिन्, ‘यहाँ कम्तिमा २२ जना नर्सिङ स्टाफ आवश्यक छ। तर हामी ५ जनाले काम चलाइरहेका छौं।’

उनले एक जना बिरामी सिकिस्त हुँदा वार्डका सबै कर्मचारी त्यसतर्फ नै लाग्ने गरेको बताइन्। वार्डमा रहेका एकभन्दा धेरै बिरामीको अवस्था गम्भीर बनेमा उपचारमा समस्या आउने गरेको उनको भनाइ छ। उपचारका लागि आउने कतिपय गम्भीर प्रकृतिका बिरामी बेड नपाएर निजी स्वास्थ्य संस्थामा जाने गरेका छन्। तर बिहान बेलुका छाक टार्न मुस्किल हुने परिवार भने जतिदिन कुर्नुपरे पनि सरकारी अस्पतालमै बस्छन्। –एक सय शै्याका लागि ४५ जना स्थायी चिकित्सकको दरबन्दी छ। प्रथम श्रेणी ११ औं तहमा एउटा पनि कर्मचारी छैनन्। ९ औं र १० औं तहका २४ कर्मचारीको दरबन्दी भए पनि ९ जना मात्र कार्यरत छन्। यस्तै त्यसैगरी ८ औं तहका १२ दरबन्दी भए पनि तीन जना मात्रै कार्यरत छन्।

४५ मध्ये १२ जना मात्रै स्थायी चिकित्सक छन्। अरु दरबन्दी रिक्त रहेको अस्पताल प्रशासनले जनाएको छ। केही अस्पताल विकास समितिबाट, केही डोर हाजिरीमा र केही करारमा राखिए पनि उनीहरु फेरबदल भइरहन्छन्। संरचना र कर्मचारी नहुँदा स्वास्थ्य सेवा प्रवाहमा कठिननाई उत्पन्न भएको मेसु यादवले गुनासो गरे। ‘पटक–पटक दरबन्दी माग गरेका छौं’ उनले भने, ‘थप नभए पनि हाल भएका शै्या अनुसारका चिकित्सक उपलब्ध भए पनि सेवा प्रवाहमा सहजता आउनेथियो।’, समाचार अन्नपुर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।