६ असार २०८३, शनिबार
,
Latest
पूर्वीय दर्शनलाई अनुसन्धानको मूल आधार बनाउनुपर्छ हैटीलाई ३–० ले पराजित गर्दै ब्राजिलद्वारा पहिलो जित दर्ता यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य आज कृषि तथा वनविज्ञान विश्वविद्यालयको पाँचौँ दीक्षान्त गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशबाट पनि मतदान गर्न मिल्ने हाइटीविरुद्ध पहिलो हाफमै ब्राजिलको ३-०को अग्रता बजेटका बारेमा जलेश्वर नगरपालिकामा तनाव,जनप्रतिधिहरु नै उत्रिए तोडफोडमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

खाद्य सुरक्षामा सुधार ल्याउन अफ्रिकामा नयाँ परियोजना शुरु



अ+ अ-

नैरोबी । अफ्रिकाको एउटा अनुसन्धान केन्द्रले केन्या, युगान्डा र म्याडागास्करका करिब तीन लाख घरपरिवारलाई लक्षित गरी नयाँ धान विकास परियोजना आरम्भ गरेको छ । अफ्रिका धान केन्द्र (अफ्रिका राइस सेन्टर) ले स्थानीय जनताको आयवृद्धि र खाद्य सुरक्षा दुवै अभिवृद्धि गर्न धानसम्बन्धी नयाँ र उपयुक्त प्रविधि विकास गरिने जनाएको छ ।

तीन वर्षसम्म सञ्चालन हुने यस परियोजनाबाट धानको उत्पादकत्व वृद्धि गर्न र प्रतिस्पर्धात्मक क्षमता बढाउन किसानलाई सहयोग गरिनेछ । अफ्रिकी राइस सेन्टरका संयोजक पल किपेले भने, “यो परियोजनाले खासगरी महिला र युवालाई केन्द्रमा राखेर धान उत्पादनमा मद्दत गर्नेछ ।”

केन्या अहिले मध्य आय भएको मुलुकको दर्जामा आइसकेको बताउँदै उहाँले केन्याले धान उत्पादन वृद्धि गर्न र खाद्यान्नको बढ्दो आयातलाई कम गर्न ठोस कार्य गर्नुपर्ने समय आएको जनाए । किपेले अगाडि भने, “यो परियोजनाले एकअर्का मुलुकका राम्रा सिकाईका बारेमा किसान समक्ष लैजानेछ, र धान उत्पादनमा दिगोपना ल्याउन मद्दत गर्नेछ ।”

अन्तर्राष्ट्रिय कृषि विकास कोष (आइफाड) को आर्थिक सहयोगमा सञ्चालित यस परियोजनाले स्थानीय तहमा खाद्यान्नको आपूर्ति व्यवस्थालाई सहज बनाउन ठूलो सहयोग गर्नेछ । पूर्वी अर्फिकाका यी तीन मुलुकले वार्षिक करिब ५० करोड अमेरिकी डलर बराबरको खाद्यान्न आयात गर्दछन् ।

“यो परियोजनाबाट केन्याका धेरै घरपरिवारमा खाद्य तथा पोषण सुरक्षा वृद्धि हुने, रोजगारी बढ्ने छ,” केन्याका कृषि, पशुपालन तथा मत्स्यपालन मन्त्रालयका सविच म्वान्गी किउन्जुरीले बताए। उनले परियोजनाका कारण केन्यामा वार्षिक चार लाख मेट्रिक टन धान बढी उब्जाउ हुने विश्वास व्यक्त गरे । केन्याली कृषकले हाल वार्षिक करिब ७० देखि ८० हजार मेट्रिक टन धान मात्र उत्पादन गरिरहेका छन् ।