३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि

चिनियाँ भिक्षुको ‘महान् ताङको पश्चिमी क्षेत्रको अभिलेख’ सार्वजनिक

चिनियाँ भिक्षुको ‘महान् ताङको पश्चिमी क्षेत्रको अभिलेख’ सार्वजनिक
अ+ अ-

काठमाडौँ, २ असोजः चिनियाँ भिक्षुको नेपाल यात्रा-विवरण ‘महान् ताङको पश्चिमी क्षेत्रको अभिलेख’ नामक पुस्तकको नेपाली अनुवाद सार्वजनिक गरिएको छ ।

गोधुली कला साहित्य प्रतिष्ठानले प्रकाशन गरेको पुस्तकको लेखक ह्वेनसाङ हुनुहुन्छ । उहाँले परम्परागत चिनियाँ भाषामा पुस्तक लेख्नुभएको हो । जसको आधुनिक चिनियाँ अनुवाद फु छियाङले गर्नुभएको छ भने नेपाली अनुवाद दीक्षा दवाडीले गर्नुभएको हो । नेपाली अनुवाद गरिएको पुस्तकको सम्पादन गणेशकुमार जिसीले गर्नुभएको छ ।

राजधानीमा आज आयोजित कार्यक्रममा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले पुस्तक विमोचन गर्नुभएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले चीनको ऐतिहासिक पक्षका विविध आयामका बारेमा पुस्तकबाट जानकारी हुने बताउनुभयो । चिनियाँ भिक्षु ह्वेनसाङले जोखिमपूर्ण यात्रा गरी चीन फर्केर पुस्तक लेखेको पनि उहाँले सुनाउनुभयो ।

मञ्जुश्रीदेखि ह्वेनसाङसम्म र भृकुटी, अरनिकोका कारण दुई देशबीचको सम्बन्धलाई सांस्कृतिक रुपमा जोडेको अध्यक्ष दाहालले बताउनुभयो । यात्रामा देखेका र सिकेका कुरा लेखकले पुस्तकमा उतारेको उहाँले जानकारी दिनुभयो ।

पूर्वशिक्षामन्त्री रघुजी पन्तले पुस्तकको १२३ पृष्ठमा लेखिएको वाक्यांशले बुद्धको जन्मस्थल लुम्बिनी नेपालमै हो भन्ने पुष्टि गरेको बताउनुभयो । ‘त्यहाँ सम्राट अशोकले बनाएको ढुङ्गाको खम्बा छ । खम्बाको टुप्पोमा पहिले घोडाको मूर्ति थियो, पछि चट्याङ लागेर भाँचेको भनिन्छ’ भन्ने वाक्यांश उल्लेख गरिएको छ ।

“संसदीय समितिबाट लुम्बिनीको भ्रमणमा जाँदा चिनियाँ भाषामा लेखिएको यही पुस्तकमा उल्लेख गरिएको माथि उल्लेखित वाक्यांश प्रमाणका आधारमा बुद्धको जन्म लुम्बिनीमा भएको पुष्टि भयो, बुद्धसँगै हिन्दू देवालयका प्रसङ्ग पनि लेखक ह्वेन साङले लेखेका छन्, नेपाली भाषामा यो कृति आएर योगदान भएको छ”, उहाँले भन्नुभयो ।

बुद्धको सम्यक् चिन्तनका आधारमा चीन अघि बढेको उल्लेख गर्दै पूर्वमन्त्री पन्तले नेपाल–चीन मित्रतामा पनि पुस्तकको अनुवादले योगदान गर्ने विश्वास व्यक्त गर्नुभयो । अटल साहस र आत्मविश्वासका साथ करिब एक हजार ४०० वर्षअघि प्राचीन चीनको राजधानी छाङ्आनबाट बौद्ध भिक्षु ह्वेनसाङ मध्यएसिया हुँदै अध्ययन भ्रमण गर्दै सन् ६३६ तिर नालन्दा पुगेको पुस्तकमा उल्लेख गरिएको छ । त्यही क्रममा उनले नेपालस्थित बुद्धको जन्मस्थल लुम्बिनीका साथै अन्य प्राचीन राज्य तथा धार्मिकस्थलको पहिचान र अध्ययन गरेका थिए ।

चीन फर्केपछि उहाँले तयार पारेको आफ्ना विवरण तथा अभिलेखहरुको कृतिका रुपमा ‘महान् ताङको पश्चिमी क्षेत्रको अभिलेख’ पुस्तक लेखिएको हो । चिनियाँ भाषामा लेखिएको करिब एक हजार ४०० वर्षपछि यो पुस्तक नेपाली भाषामा अनुवाद गरिएको हो । आवृत्ति छापाखाना प्रालिले मुद्रण गरेको पुस्तकको मूल्य रु एक हजार तोकिएको छ ।रासस