३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ?

बीआरआई ग्लोबल साउथका देशहरूको साझा लाभका लागि महत्वपूर्ण परियोजना : अध्यक्ष दाहाल

बीआरआई ग्लोबल साउथका देशहरूको साझा लाभका लागि महत्वपूर्ण परियोजना : अध्यक्ष दाहाल
अ+ अ-

काठमाडाैँ । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले चीनले अघि सारेको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) ग्लोबल साउथका देशहरूबीच सहकार्य र साझा लाभका लागि महत्वपूर्ण परियोजना भएको बताउनुभएको छ।

शुक्रवार काठमाडौंमा ‘महान ताङको पश्चिमी क्षेत्रको अभिलेख’को नेपाली संस्करण विमोचन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले चिनियाँ राष्ट्रपति सी चिनफिङले चीनलाई आधुनिक र समृद्ध राष्ट्रका रूपमा अघि बढाउने तथा विश्वलाई जोड्ने उद्देश्यसहित बीआरआईको अवधारणा अघि सारेको बताउनुभयो।

उहाँले बीआरआईले ग्लोबल साउथका देशहरूलाई आपसमा जोड्दै सहकार्य र साझा लाभको वातावरण निर्माण गर्ने उद्देश्य राखेको उल्लेख गर्नुभयो। करिब १ हजार ४ सय वर्षअघि चिनियाँ बौद्ध भिक्षु ह्वेनसाङले पैदल यात्रा गर्दै विभिन्न भूभागबीच सम्पर्क स्थापित गरेको प्रसंग उल्लेख गर्दै अध्यक्ष दाहालले त्यसलाई अहिले सडक सञ्जालमार्फत विश्वका विभिन्न क्षेत्रलाई जोड्ने प्रयाससँग तुलना गर्नुभयो।

अध्यक्ष दाहालले बीआरआईलगायतका सहकार्यले नेपाल र चीनबीचको सम्बन्धलाई थप सुदृढ बनाउन सक्ने बताउनुभयो। सन् १९५५ मा नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै पारस्परिक हित, सहकार्य र समृद्धिका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल भएको उहाँको भनाइ थियो।

उहाँका अनुसार व्यापार, पूर्वाधार, ऊर्जा, पर्यटन, कृषि तथा जनस्तरको सम्बन्धमा नेपाल र चीनबीच उल्लेखनीय प्रगति भएको छ। चीन नेपालका लागि असल छिमेकीसँगै महत्वपूर्ण लगानीकर्ता र विकास साझेदारका रूपमा स्थापित भएको उहाँले बताउनुभयो।

अध्यक्ष दाहालले इतिहासलाई बुझेर वर्तमानसँग जोड्न सके दुई देशबीचको सम्बन्ध अझ बलियो हुने धारणा राख्नुभयो। ‘महान ताङको पश्चिमी क्षेत्रको अभिलेख’को नेपाली संस्करणले नेपाली पाठक, विशेषगरी युवा पुस्तालाई नेपाल–चीन सम्बन्ध, बौद्ध धर्म र ताङ वंशसँग जोडिएको ऐतिहासिक सम्बन्ध बुझ्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।

उहाँले मित्र राष्ट्रबीचको दिगो सम्बन्ध वर्तमान सहकार्यमा मात्र नभई साझा इतिहास र परम्पराप्रतिको सम्मानमा समेत आधारित हुने बताउनुभयो। नेपालले कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै एक चीन नीतिप्रति प्रतिबद्धता जनाउँदै आएको पनि उहाँले उल्लेख गर्नुभयो।

ह्वेनसाङका यात्रा–वृत्तान्त तथा नेपाली कलाकार अरनिकोले चीनमा सिर्जना गरेका कलाकृतिले नेपाल र चीनबीचको ऐतिहासिक सम्बन्धलाई पुस्तौँपुस्तासम्म जोड्ने सेतुका रूपमा काम गरिरहेको अध्यक्ष दाहालले बताउनुभयो।

इतिहास र परम्पराको अध्ययनसँगै वर्तमान समयको सहकार्यले नेपाल–चीन सम्बन्धलाई थप बलियो बनाउने उल्लेख गर्दै उहाँले दुई देशका जनताबीचको मित्रता आगामी पुस्तामा अझ गहिरो र सुदृढ हुँदै जाने विश्वास व्यक्त गर्नुभयो।