१० भाद्र २०८३, बुधबार
,
Latest
त्रिशूली र नारायणी नदीमा ५३ शव भेटिए जेलेन्स्कीद्वारा एलन मस्कलाई युक्रेनको सर्वोच्च सम्मान रसुवा बाढीमा १९६ भन्दा बढी जलविद्युत कर्मचारी र कामदार सम्पर्कविहीन, प्राधिकरणको उद्धार टोली सक्रिय बाढीले कूल विद्युत् उत्पादन क्षमताको दश प्रतिशत प्रभावित भोटेकोशी बाढीः ४०३ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ? अस्ट्रेलियन क्यापिटल टेरिटोरीविरुद्धको खेलमा नेपाल ‘ए’ विजयी ग्यालेक्सी पब्लिक स्कुलले सार्वजनिक गर्‍यो दोस्रो फुटसल प्रतियोगिताको ट्रफी र आधिकारिक खेल बल एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय विपद् उद्धार तथा राहतका लागि ‘सेतु’ प्रणालीमार्फत सहयोग माग गर्न सकिने बाढी प्रभावित विद्यालयको पुनःस्थापनामा सहकार्य गर्ने प्याब्सनको घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

बहाव बढ्दा पुल बग्यो, दर्जनौं घर जोखिममा



अ+ अ-

जाजरकोट । शनिबार वेलुकादेखि परेको अविरल वर्षाका कारण जिल्लाको नलगाड नगरपालिका–५ सिर्के, एैरारी, हारेकाप्ला, चारगाउँ जोड्ने पुल बगाएकाले यहाँको बाटो अवरुद्ध भएको छ । गाउँको बीचमा रहेको रहेको सिर्के खोलाको बाढीले काठेपुल बगाउँदा एक गाउँबाट अर्को गाउँमा जान नसकिने भएको छ ।

पुल नहुँदा जुनिबाल संरक्षण माविमा पढ्ने विद्यार्थी आईतबार विद्यालय आउन नसकेको त्यहाँका शिक्षक हरिश बुढाथोकीले जानकारी दिए । अघिल्लो वर्ष पनि त्यहाँको पुल वगाउँदा समस्या भएको थियो । बाढीका कारण देवीभक्त घर्ती, कमला शाही, जनकबहादुर शाही, रुद्रबहादुर शाही, रामबहादुर घर्ती, अनुरुप बिक, माया खत्री, बिल्खे कामी, चन्द्रबहादुर शाही र महेन्द्र शाहीको घरमा क्षती पु¥याएको छ ।

त्यस्तै जुनीबाल संरक्षण माविको प्रर्खाल भत्किएको र बिल्खे कामीको आरन पुरिएको छ। बाढीले सिर्को ज्यूलामा रोपिएको धान र मकैबालीमा समेत क्षति पु¥याउनाका साथै नलगाड नगरपालिका–८ सीमा गाउँसमेत असर पु¥याएको छ । बाढीका कारण त्यहाँका १८ घरका परिबार घर छाडेर छिमेकी गाउँमा गएर बसेको पीडित मनबहादुर नेपालीले बताए ।

बाढीका कारण आज बिहानै गएको पहिरोले जाजरकोट भेरी नगरपालिका–२ तिमीलेमा एकै घरका तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । सो घटनाप्रति वन तथा वातावरणमन्त्री शक्तिबहादुर वस्नेतले दुःख व्यक्त गरेका छन् । निरन्तर पानीका कारण जाजरकोट–राडी, दल्लीको यातायात सेवा अवरुद्ध भएको छ ।

निरन्तर पानी परिरहेकाले सबैले यात्रा गर्दा, घरमा बस्दा ध्यान दिन, अर्कालाई समस्य पर्दा सघाउन र जोखिम बढेमा सुरक्षा निकायलाई खवर गर्न प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले आग्रह गरेका छन्। भेरी नदीमा समेत पानीको वहाव बढेका कारण जोखिम रहेका वस्तीका बासिन्दालाई सचेत रहज आग्रह गरिएको हो ।