३० भाद्र २०८३, मंगलवार
,
Latest
संविधान दिवस भव्यताका साथ मनाउन पर्सा जिप्रकाको अनुरोध जलविद्युत् आयोजनामा हराइरहेका कर्मचारी र कामदारको खोजी तीव्र ऋषिपञ्चमी पर्व मनाएसँगै सकियो तीज रवि लामिछाने आब्हानमा बुधबार सर्वदलीय बैठक बस्दैं ‘राइट टु प्रोटिन रन’ मा १० राष्ट्रका धावक सहभागी हुने कोशी प्रदेश सरकारको निर्णय दुर्घटनामा दुई जनाको मृत्यु कृष्णभीरमा तत्काल सडक खुलाउने प्रयास, दीर्घकालीन समाधान भने चुनौतीपूर्ण: माटोविज्ञ इन्जिनियर न्यौपाने शिक्षामन्त्री पोखरेलसँग बेलायती राजदूतको शिष्टाचार भेटवार्ता आइजीपी कार्कीविरुद्ध सासंद सुनारले दिएको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

भोटेकोशी विपद्लाई ‘हिम नदी डिजास्टर’का रूपमा बुझ्नुपर्छः इन्दिरा राना



अ+ अ-

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राना मगरले रसुवा र भोटेकोशी क्षेत्रमा भएको विनाशकारी बाढीलाई जलवायु परिवर्तनसँग जोडिएको ‘हिम नदी डिजास्टर’का रूपमा बुझेर सरकारले नयाँ विपद् व्यवस्थापन नीति बनाउनुपर्ने बताउनुभएको छ ।

मंगलवार संसद भवन बाहिर सञ्चारकर्मीसँग कुरा गर्दै रानाले भोटेकोशी वा रसुवा बाढी भनेर मात्र घटनालाई परिभाषित गर्दा विपद्को प्रकृति स्पष्ट नहुने बताउनुभएको हो ।

हिमपहिरो तथा हिउँ पग्लिने क्रमबाट बनेको पानीको ठूलो बहावले नदीमा असामान्य बाढी ल्याएको भन्दै उनले यसलाई ‘हिम नदी डिजास्टर’का रूपमा बुझ्नुपर्ने बताउनु भयो ।

उहाँले ग्लोवल वार्मिङका कारण वर्षौंदेखि जमेर बसेको हिउँ पग्लिने तथा हिमताल फुट्ने जस्ता घटनाबाट यस्ता विनाशकारी विपद् निम्तिन सक्ने बताउनु भयो । आगामी दिनमा यस्ता जोखिमलाई ध्यानमा राखेर वैज्ञानिक अध्ययनमा आधारित बस्ती विकास तथा विपद् व्यवस्थापन नीति आवश्यक रहेको उहाँको भनाइ छ ।

रानाले नदी करिडोरमा जोखिमयुक्त क्षेत्रमा बसोबास गरिरहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्दा उनीहरूको सम्पतीको अधिकारसमेत सुरक्षित हुनेगरी स्पष्ट कानूनी व्यवस्था गर्नुपर्ने बताउनु भयो ।

उहाँकाअनुसार नदी किनारबाट निश्चित दूरी कायम गरी बस्ती विकास गर्ने कानूनी व्यवस्था भएपनि व्यवहारमा जोखिमयुक्त स्थानमा बस्ती बसिरहेका छन् । अब वैज्ञानिक अध्ययनका आधारमा सुरक्षित स्थान पहिचान गरी त्यहाँ व्यवस्थित बस्ती विकास गर्नुपर्ने उहाँले बताउनु भयो ।

सुरक्षित स्थानमा स्थानान्तरण गरिएका नागरिकलाई विद्युत, सडक, खानेपानीलगायत आधारभूत सेवा तथा सुविधाको सुनिश्चितता गर्नुपर्ने र विपद्मा सम्पती गुमाएका परिवारलाई सरकारले सक्दो सहयोग उपलब्ध गराउनुपर्ने रानाको भनाइ छ । –न्युज एजेन्सी नेपाल