३० भाद्र २०८३, मंगलवार
,
Latest
मकवानपुरमा इभी दुर्घटना हुँदा चारको मृत्यु, चार घाइते देउवाको अपिल : ‘अवैधानिक महाधिवेशन’मा नजानुस्, मंसिरमै १५औँ महाधिवेशन गरौँ बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु काङ्ग्रेसको प्रतिनिधि छनोटमा आदिवासी जनजातिलाई उच्च प्राथमिकता, नयाँ कोटा थप ‘डिजिटल पार्लियामेन्ट’को परीक्षण बुधबारदेखि गत आवमा सात खर्ब २० अर्बको घरजग्गाको कारोबार सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाटै तलब असुलिने, सम्बन्धित सबै निकायलाइ… नेप्से परिसूचक ४८ दशमलव ५७ अङ्कले बढ्यो गण्डकीलाई पूर्ण विद्युतीकरणयुक्त प्रदेश बनाउन संघ सरकारको सहयोग रहने कृष्णभीरमा १० दिनमै नयाँ ट्रयाक, असोज १ देखि दुईतर्फी यातायात सञ्चालन हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

आयल निगमको डिजेल चोरी गरेको आरोपमा तीन ट्याङ्करसहित एक जना पक्राउ



अ+ अ-

काठमाडाैँ । रुपन्देहीमा नेपाल आयल निगमका ट्याङ्करबाट डिजेल चोरी गरिरहेको अवस्थामा तीनवटा ट्याङ्करसहित एक जना पक्राउ परेका छन् ।

सिद्धार्थ नगरपालिका–८ स्थित क्षेत्रमा मंगलबार नेपाल आयल निगमका ट्याङ्करबाट डिजेल निकालिरहेको अवस्थामा प्रहरीले करिब ३० लिटर डिजेलसहित तीनवटा ट्याङ्कर र एक जनालाई नियन्त्रणमा लिएको हो ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोली र वडा प्रहरी कार्यालय भैरहवाको संयुक्त टोलीले ट्याङ्करको सिल तोडिएको अवस्थामा पेट्रोलियम पदार्थ निकालिरहेको फेला पारेको थियो ।

प्रहरीका अनुसार घटनास्थलमा दुईवटा ट्याङ्कर फेला परेका थिए भने अर्को एउटा ट्याङ्कर घटनास्थलबाट भागेर फरार भएको थियो । प्रहरीले उक्त ट्याङ्करलाई पछ्याउँदै नियन्त्रणमा लिन सफल भएको जनाएको छ ।

नियन्त्रणमा लिइएका तीनवटै ट्याङ्कर र एक जना व्यक्तिमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।