३० भाद्र २०८३, मंगलवार
,
Latest
मकवानपुरमा इभी दुर्घटना हुँदा चारको मृत्यु, चार घाइते देउवाको अपिल : ‘अवैधानिक महाधिवेशन’मा नजानुस्, मंसिरमै १५औँ महाधिवेशन गरौँ बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु काङ्ग्रेसको प्रतिनिधि छनोटमा आदिवासी जनजातिलाई उच्च प्राथमिकता, नयाँ कोटा थप ‘डिजिटल पार्लियामेन्ट’को परीक्षण बुधबारदेखि गत आवमा सात खर्ब २० अर्बको घरजग्गाको कारोबार सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाटै तलब असुलिने, सम्बन्धित सबै निकायलाइ… नेप्से परिसूचक ४८ दशमलव ५७ अङ्कले बढ्यो गण्डकीलाई पूर्ण विद्युतीकरणयुक्त प्रदेश बनाउन संघ सरकारको सहयोग रहने कृष्णभीरमा १० दिनमै नयाँ ट्रयाक, असोज १ देखि दुईतर्फी यातायात सञ्चालन हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

पेस्तोल देखाएर रेडकर्नर नोटिस जारी गर्न लगाएको आरोपबारे कांग्रेसले माग्यो सरकारसँग जवाफ



अ+ अ-

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सम्पत्ति शुद्धीकरण विभागका महानिर्देशकलाई पेस्तोल देखाएर रेडकर्नर नोटिस जारी गर्न लगाइएको भनिएको घटनाबारे सरकारसँग जवाफ माग गरेको छ।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा कांग्रेस सांसद चन्द्रमोहन यादवले सत्तारूढ दलकै सांसदले संसद्मा उठाएको उक्त विषयबारे सरकारले स्पष्ट जवाफ दिनुपर्ने माग गर्नुभएको हो।

यसअघि सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले सरकारले राति १ बजे पेस्तोल देखाएर सम्पत्ति शुद्धीकरण विभागका महानिर्देशकलाई रेडकर्नर नोटिस जारी गर्न लगाएको आरोप लगाउनुभएको थियो।

गत बिहीबारको प्रतिनिधि सभा बैठकमा सांसद सिंहले सम्पत्ति शुद्धीकरण विभागका महानिर्देशकलाई राति बोलाएर दुई घण्टाभित्र रेडकर्नर नोटिस जारी गर्न दबाब दिइएको दाबी गर्नुभएको थियो।

मंगलबारको बैठकमा सांसद यादवले सत्तारूढ दलका सांसदबाट सार्वजनिक रूपमा आएका यस्ता अभिव्यक्ति लोकतान्त्रिक मूल्यमान्यताविपरीत भएको बताउनुभयो। उहाँले संसद्मा सांसदहरूले प्रश्न उठाउँदा मन्त्रीबाट धम्कीपूर्ण भाषा प्रयोग गरिएको विषयमा समेत आपत्ति जनाउनुभयो।

उहाँले सत्तारूढ दलका सांसदहरूले सार्वजनिक रूपमा दिएको अभिव्यक्तिबारे आफूहरूको गम्भीर ध्यानाकर्षण भएको बताउँदै भन्नुभयो, ‘कतै कन्चटमै पेस्तोल राखेर थर्काएको कुरा आएको छ । कतै प्रश्न गर्दा धम्की आएको कुरा पनि सुन्नमा आएको छ । यो अत्यन्तै अलोकतान्त्रिक कुरा हो । यसमा सरकारको के जवाफ छ ? हामी सुन्न चाहन्छौँ।’

लोकतन्त्रको मूल मूल्य नै भयरहित समाज निर्माण गर्नु भएको उल्लेख गर्दै सांसद यादवले राज्यका निकायमा दबाब, धम्की वा भय सिर्जना गर्ने गतिविधिबारे सरकारले संसद्मा स्पष्ट जवाफ दिनुपर्ने माग गर्नुभयो।