३० भाद्र २०८३, मंगलवार
,
Latest
गण्डकीलाई पूर्ण विद्युतीकरणयुक्त प्रदेश बनाउन संघ सरकारको सहयोग रहने कृष्णभीरमा १० दिनमै नयाँ ट्रयाक, असोज १ देखि दुईतर्फी यातायात सञ्चालन हुने कार्यव्यवस्था परामर्श समितिको बैठक सम्पन्न आयल निगमको डिजेल चोरी गरेको आरोपमा तीन ट्याङ्करसहित एक जना पक्राउ चाडपर्वमा अत्यावश्यक सामान ढुवानी सहज बनाउन ट्रक व्यवसायी महासंघको सुझाव रसुवा जोड्न नुवाकोटको फलाँखुमा ७५ मिटर लामो बेलीब्रिज बनाइने आइतबारको बिदा हटाएर शनिबार मात्रै बिदा दिन राप्रपा सांसद भाटको माग क्यासिनो व्यवसायीको सुझाव–‘एउटै होटलमा एकभन्दा बढी क्यासिनो खोल्न हुन्न, नविकरण अवधि पाँच वर्ष बनाउनु पर्छ’ भोटेकोशी बाढीमा बेपत्ता शिक्षकको रिक्त पदमा श्रीमतीलाई नियुक्त गर्न माग पेस्तोल देखाएर रेडकर्नर नोटिस जारी गर्न लगाएको आरोपबारे कांग्रेसले माग्यो सरकारसँग जवाफ
तपाईं के खोज्दै हुनुहुन्छ ?

खर्क तथा चरन क्षेत्रको अधिकार स्पष्ट पार्न छुट्टै कानुनी व्यवस्था आवश्यक : सांसद साह



अ+ अ-

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीकी सांसद मदनकुमारी साहले संघीय संरचनाअनुसार खर्क तथा चरन क्षेत्रको संरक्षण, व्यवस्थापन, उपयोग र नियमनको जिम्मेवारी कुन तहको सरकारमा रहने भन्ने स्पष्ट गर्न छुट्टै कानुनी व्यवस्था आवश्यक रहेको बताउनुभएको छ ।

नेपाल र भूटानका खर्क तथा चरन क्षेत्रको पुनर्स्थापना कार्यक्रमबाट प्राप्त अनुभवलाई नेपालको खर्क नीतिमा रूपान्तरण गर्ने विषयमा मंगलबार आयोजित बहुसरोकारवाला छलफल कार्यक्रममा बोल्दै उहाँले तीन तहका सरकारबीच कार्यसम्पादन र समन्वयका लागि स्पष्ट कानुनी आधार आवश्यक रहेको बताउनुभयो ।

सांसद साहले खर्क नीति, २०६८ का कतिपय व्यवस्था नेपालको वर्तमान कानुन र संघीय संरचनासँग मेल नखाने बताउँदै खर्कको अधिकार, प्रयोग, व्यवस्थापन तथा संरक्षणका विषयमा व्यवहारिक समस्या देखिएको उल्लेख गर्नुभयो । त्यसैले खर्क नीतिको वर्तमान अवस्था, कानुनी सामञ्जस्य र कार्यान्वयनको समग्र अध्ययन आवश्यक रहेको उहाँको भनाइ थियो ।

उहाँले जलवायु परिवर्तनको प्रभावका कारण हिमाली तथा पहाडी क्षेत्रमा रहेका खर्क तथा चरन क्षेत्रलाई गम्भीरतापूर्वक सम्बोधन गर्नुपर्नेमा जोड दिनुभयो । परम्परागत पशुपालन प्रणालीको आधारका रूपमा रहेका खर्क क्षेत्र भेडा, बाख्रा, च्याङ्ग्रा र चौँरीपालनसँग प्रत्यक्ष रूपमा जोडिएको उहाँले बताउनुभयो ।

खर्क क्षेत्रले हिमाली तथा पहाडी समुदायको जीविकोपार्जनसँगै स्थानीय रोजगारी, खाद्य सुरक्षा र ग्रामीण अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको उहाँले उल्लेख गर्नुभयो । तर जलवायु परिवर्तन, पानीका स्रोतमा आएको परिवर्तन, खर्क क्षेत्रको क्षयीकरण, भूक्षय, प्राकृतिक विपद् तथा बदलिँदो सामाजिक–आर्थिक अवस्थाले परम्परागत खर्क प्रणालीमा नयाँ चुनौती थपेको उहाँले बताउनुभयो ।

सांसद साहले वर्तमान चुनौती सम्बोधन गर्न खर्क नीतिको पुनरावलोकनसँगै संघ, प्रदेश र स्थानीय तहको अधिकार तथा जिम्मेवारी स्पष्ट पार्नुपर्ने बताउनुभयो । खर्कको दिगो उपयोग र संरक्षणका लागि तीन तहका सरकारबीच प्रभावकारी समन्वयको संरचना विकास गर्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो ।