३० भाद्र २०८३, मंगलवार
,
Latest
गण्डकीलाई पूर्ण विद्युतीकरणयुक्त प्रदेश बनाउन संघ सरकारको सहयोग रहने कृष्णभीरमा १० दिनमै नयाँ ट्रयाक, असोज १ देखि दुईतर्फी यातायात सञ्चालन हुने कार्यव्यवस्था परामर्श समितिको बैठक सम्पन्न आयल निगमको डिजेल चोरी गरेको आरोपमा तीन ट्याङ्करसहित एक जना पक्राउ चाडपर्वमा अत्यावश्यक सामान ढुवानी सहज बनाउन ट्रक व्यवसायी महासंघको सुझाव रसुवा जोड्न नुवाकोटको फलाँखुमा ७५ मिटर लामो बेलीब्रिज बनाइने आइतबारको बिदा हटाएर शनिबार मात्रै बिदा दिन राप्रपा सांसद भाटको माग क्यासिनो व्यवसायीको सुझाव–‘एउटै होटलमा एकभन्दा बढी क्यासिनो खोल्न हुन्न, नविकरण अवधि पाँच वर्ष बनाउनु पर्छ’ भोटेकोशी बाढीमा बेपत्ता शिक्षकको रिक्त पदमा श्रीमतीलाई नियुक्त गर्न माग पेस्तोल देखाएर रेडकर्नर नोटिस जारी गर्न लगाएको आरोपबारे कांग्रेसले माग्यो सरकारसँग जवाफ
तपाईं के खोज्दै हुनुहुन्छ ?

ट्राफिक प्रहरीले खोज्यो हराएका ५० दुईपाङ्ग्रे सवारी, धनीलाई हस्तान्तरण



फाइल फोटो
अ+ अ-

काठमाडौं । काठमाडौं उपत्यकाबाट विभिन्न मितिमा हराएका ५० वटा दुईपाङ्ग्रे सवारी साधन ट्राफिक प्रहरीले खोजी गरी सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।

मंगलबार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित कार्यक्रममा कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेले खोजी गरी फेला पारिएका ५० वटा मोटरसाइकल तथा स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गर्नुभएको हो ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा परेको निवेदनका आधारमा खोजी गर्ने क्रममा ती सवारी साधन फेला पारिएको प्रहरीले जनाएको छ । केही सवारी साधनमा वास्तविक नम्बर प्लेट र केहीमा नक्कली नम्बर प्लेट प्रयोग गरिएको अवस्थामा फेला पारिएको थियो ।

सवारी साधन हस्तान्तरण गर्दै प्रहरी वरिष्ठ उपरीक्षक काफ्लेले सम्भव भएसम्म आफ्ना सवारी साधनमा जीपीएस प्रणाली जडान गर्न आग्रह गर्नुभयो । जीपीएस जडान गरिएको अवस्थामा सवारी साधनको अवस्थिति पत्ता लगाउन र चोरी भएमा खोजी गर्न सहज हुने उहाँले बताउनुभयो ।

उहाँका अनुसार गत २८ भदौ राति करिब १ बजे हराएको एउटा मोटरसाइकलमा जडान गरिएको सानो जीपीएसका कारण केही घण्टामै सवारी साधन फेला पार्न र चोरीमा संलग्न व्यक्तिलाई समेत पक्राउ गर्न प्रहरी सफल भएको थियो ।

काफ्लेले भन्नुभयो, “त्यो बाइकमा सानो जीपीएस राखिएको हुनाले खोज्न सहज भयो । त्यसकारण सकेसम्म आफ्नो बाइकमा सानो जीपीएस अथवा सुरक्षाका अन्य उपाय अपनाउन आग्रह गर्दछु ।”

उहाँले मोटरसाइकल तथा स्कुटर पार्किङ गर्दा सुरक्षित र सहज स्थान छनोट गर्नसमेत सर्वसाधारणलाई आग्रह गर्नुभयो । सुरक्षित स्थानमा पार्किङ गर्ने र सवारी साधनको सुरक्षाका लागि आवश्यक सावधानी अपनाउने हो भने चोरीका घटना न्यूनीकरण गर्न सकिने उहाँको भनाइ थियो ।