२७ भाद्र २०८३, शनिबार
,
Latest
विपद्मा पीडित परिवारसँगै प्रदेश सरकार भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैनः शिक्षामन्त्री पोखरेल ऐक्यबद्धताको साथ पुनरुत्थानमा जुट्नुपर्छः संयोजक दाहाल मर्दी हिमाल आरोहण गर्ने स्थानीय युवा सम्मानित बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘मधेसलाई अधिकार सम्पन्न बनाउन सडक संघर्ष आवश्यक छ’–उपेन्द्र यादव



अ+ अ-

काठमाडौँ। जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेसलाई अधिकार सम्पन्न बनाउन सडक संघर्ष आवश्यक रहेको बताउनुभएको छ ।

उहाँले संघीयता, स्वायत्तता र स्वशासनलाई बलियो बनाउँदै संविधान संशोधन गर्नुपर्ने बताउनुभएको हो । शनिवार जनकपुरमा अग्रगामी मोर्चाले आयोजना गरेको कार्यक्रममा बोल्दै यादवले जलवायु परिवर्तनबाट नेपालले भोगिरहेको क्षतिको क्षतिपूर्ति तथा जलवायु न्यायका लागि अन्तर्राष्ट्रिय मञ्चमा आवाज उठाउन सरकारसँग मागसमेत गर्नुभयो ।

औद्योगिक रूपमा शक्तिशाली राष्ट्रबाट भएको प्रदूषणका कारण नेपालजस्ता मुलुकले क्षति व्यहोर्नुपरेको उहाँको भनाइ छ । यादवले नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशिता, धर्मनिरपेक्षता र नागरिक स्वतन्त्रता विगतका आन्दोलन र संघर्षबाट प्राप्त उपलब्धि भएको बताउनु भयो । यी उपलब्धिलाई उल्ट्याउन खोज्ने शक्तिहरू प्रतिगामी र परिवर्तनविरोधी भएको उहाँको आरोप छ ।

उहाँले वर्तमान राजनीतिक तथा आर्थिक संकटका लागि नेकपा एमाले नेतृत्वको सरकारलाई जिम्मेवार ठहर गर्दै सरकार भ्रष्टाचार, कमिसनतन्त्र र दलालतन्त्रमा फसेको आरोप लगाउनु भयो ।

युवा आन्दोलनमाथि दमन गर्न खोजिएकै कारण जनआक्रोश विस्फोट भएको उहाँको दाबी छ । मधेसको वर्तमान प्रदेश संरचनाले वास्तविक स्वशासन सुनिश्चित नगरेको यादवको भनाइ छ । ‘आफ्नो पुलिस, प्रशासन, न्याय, शासन र कानून नभएसम्म आफ्नो राज्य भएको अनुभूति हुँदैन’ भन्दै उहाँले मधेसमा स्वशासन र स्वायत्तता आवश्यक रहेको बताउनु भयो ।

यादवले मधेस प्रदेशलाई थप अधिकारसहितको स्वायत्त शासनको संरचनामा लैजान संविधान संशोधन आवश्यक रहेको बताउनु भयो । जनसंख्याका आधारमा प्रतिनिधित्व र राज्यका निकायमा पछाडि परेका, सीमान्तकृत तथा आर्थिक रूपमा विपन्न समुदायको सहभागिता सुनिश्चित गर्नुपर्ने उहाँको माग छ ।

उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीले समेत संविधान संशोधन र संघीयता सुदृढीकरणको कुरा गर्दै आएको स्मरण गराउँदै अहिले त्यस विषयमा स्पष्ट रूपमा अघि बढ्नुपर्ने बताउनु भयो ।

यादवले संसदबाट अपेक्षित अधिकार प्राप्त हुन नसके सडकबाट संघर्ष अघि बढाउनुपर्ने बताउनु भयो । ‘सडकबाट अधिकार बनाइन्छ,

सडकबाट इतिहास बनाइन्छ र सडकबाटै मुक्ति प्राप्त हुन्छ’ भन्दै उहाँले अग्रगामी मोर्चालाई थप विस्तार गर्नुपर्ने बताउनु भयो ।– न्युज एजेन्सी नेपाल